मिस यु कलैया


गएको जेठ २४ गतेबाट साइनो जोडिएको कलैया छोटो समयमा विरानो भएको छ । जानुपुर्व कस्तो होला? के होला? काम गर्न सकिएला की नसकीएला? भन्ने अनेक द्धिविधाबिच पुगेको कलैयाले छोटो समयमा नै आत्मियता पस्कियो । जसको फलस्वरुप गएको भदौ १४ गते औपचारिक रुपमा निस्किदा आत्मिय मनहरुले भावपूर्ण विदाई गरे ।
कलैया मेरो जीवनकै पहिलो राजधानी वाहिरको जागीरे जीवनको वसाई थियो । भोजपुरी वोल्ने समुदाय, मुखभरी पान च्याप्ने कल्चर र चिच्याएर गरिने संवाद शुरुमा कठिन लागेका थिए । विस्तारै तिनै विषयहरु प्रिय हुदै गए । शुरुमा नौलो लागेको भरत चोक विहान साझ घुम्ने, गफ गर्ने पान खान निस्कने जक्सन वन्यो ।

अनौठा लागेका जलाउद्दिन, मिश्री, हरिओम काका, विक्रम जीहरु विस्तारै सहज लाग्न लागे । कार्यालयका साथीहरु सुनिल, दिपेन्द्र, मुस्ताक, माधव सर, उदित जी र सिंंहजीहरु प्रिय लागे । मेयर राजेश राय यादव अभिभावक जस्तै लाग्ुनभयो । मलाई विदाई गर्दा भक्कानीएकी उपमेयर रहिमा आमा जस्तैै लाग्न थाल्नु भयो । ड्राइभर रेगु, कृष्णा भाई, राजेश, सुरेश, राजकुमार, नविन, शशी, गोविन्द सर र होमनाथजीहरु मेरो दिलमा वस्न सफल भए ।
छोटो वसाईमा कलैया घरजस्तै सहज लाग्दै थियो । अनायासै रमाना लिनु पर्ने अवस्था आइलाग्यो । शुरुको होटलको वसाई मोतीवागको ठुलो कम्पाउन्ड भएको घरमा रुचीकर हुदै थियो । शुरुमा पैदल नापिएका वाटाकालागि स्कर्पियो आइपुगेको थियो । नजिकको गढीमाई, रक्सोल वजार गजव लागिरहेका थिए । वसतपुर, धर्मनगर, दुर्गाटोल, महेशपुर, विसम्भरपुरहरु आफ्नै गांउ जस्तो लाग्न लागिसकेको थियो ।

मुस्लिम समुदायमा सन्तान जन्मिएपछिको खुसियाली साट्ने हकिका होस या इद, हिन्दुहरुका गृहप्रवेश हुन या मगनी सवैमा म रमाउन शुरु गरीसकेको थिए । स्काउटका महेश शाह हुन या पोषणकी रितिका दाहाल सवै परिचित लाग्दै थिए । कोषका चिरन्जिवी सर देखि सिडीयो गणेश सरसंगको सहकार्य जम्दै थियो ।
रामजानकी देखि, सिद्धेस्वर र भरत चोकसम्मका सरसफाइले गति लिदै थिए । हजारौ माछा भएपनि मार्न नपाइने रामजानकी मन्दिरका माछाको अक्सिजनकालागि मोटरवोट जोडिएकै थियो । योजना तर्जुमामा केही नंया प्रयासहरु भएका थिए । आर्थिक कार्यविधि अनुसारमात्र कर्मचारी र जनप्रतिनिधिलाई सेवा सुविधा दिन शुरु भएको थियो ।
स्थानीय निकायको कामको पहिलो पाठशाला थियो कलैया उपमहानगरपालिका मेरा लागि । प्रत्येक महिनाको ५ गते जिल्ला प्रशासनमा हुने कार्यलय प्रमुखको वैठकमा अनुभव शेयर गर्न रमाइलो लाग्दै गएको थियो । यद्यपि सरकारको निर्णय अनुसार काठमाण्डौ महानगरमा अव यी सव आत्मियताहरु वढाउन वांकी छ । नया मित्रहरुसंगको स्वभाव र स्प्रिट अनुसार अगाडी वढ्नु छ । यो चुनौति सामना गर्ने शाहस दिएको कलैया घरी घरी मिस हुन्छ ।

मेयर, लेखा प्रमुख र सुनिल तथा दिपेन्द्र भाइले वेला वखत फोन मार्फत भएपनि आत्मियता दर्साइ रहेका छन ।
घरी घरी वदलीरहने काठमाण्डौवाट कलैयाको याद भने घटेको छैन । मिय यु कलैया । मिस यु मित्रहरु ।