कालीगन्डकीमा चुनावको चर्चा

voting nepalको लागि तस्बिर परिणाम
झन्डै १८ वर्षपछि हुन लागेको स्थानीय निकायको निर्वाचनको चर्चा गांउ घरमा चुलिएको छ । स्थानीय निकायको संख्या र सिमा पुन निर्धारणपछि हुन लागेकाले यो चुनावको रौनक वेग्लै छ । विगतमा गाविस अध्यक्ष भएका या हुने हैसीयत भएकाहरु वडामा सिमति हुन पुग्ने र सभासद भएका वा हुने आकांक्षा भएकाहरु गंउपालिका अध्यक्ष हुने भएकाले पनि यसको महत्ता वढेको हो । ६०१ सभासद भएकोमा ७४४ स्थानीय निकाय रहने भएकाले पनि गांउको विकासमा सभासदको भन्दा स्थानीय निकायको प्रमुख वढि शक्तिशाली हुने देखिन्छ ।
साविकको चन्डीभन्ज्यागं, आलमदेवी, विर्घा र श्रीकृष्ण गन्डकीलाई मिलाएर वनाइएको कालीगन्डकी गांउ पालिकामा पनि निर्वाचनको माहोल तातेको छ । गांउ पालिकाका कार्यकारी अधिकृत धोलकराज ढकाल विर्घा ६ कट्टी स्थित गांउपालिका भवनमा हाजिर भइ काम शुरु गरीसकेका छन ।
विभिन्न राजनैतिक दलको उपस्थिती रहेपनि मुख्य गरी एमाले र कांग्रेसबचि मुख्य प्रतिष्पर्धाकालागि चर्चा चुलिएको छ । गांउपालिका अध्यक्षका लागि कांग्रेसवाट जैपतेका शालिकराम पान्डे, विर्घावाट शेरवहादुर थापा, भुष्टुगं यमप्रसाद पान्डे लगायतको चर्चा चलेको छ । यसैगरी एमालेका तर्फवाट चन्डीभन्ज्यागंका कृष्ण लामिछाने, कारिकोटका केशर क्षेत्री, विर्घा हिरन्डाडाका यामप्रसाद पान्डे, भुष्टुंगका वुद्ध थापा र खिम वहादुर थापाको नाम अग्र पंक्तिमा रहेको छ ।
यसै गरी साविकको चन्डी भन्ज्यागं १ नंवर वडा आलमदेवी २ नंवर वडा र विर्घा ३ र ४ नंवर वडा तथा श्रीकृष्ण गन्डकी ५,६ र ७ नंवर वडामा विभाजन भएपछि वडाका आकांक्षीहरुको पनि चर्चा चुलिएको छ । विर्घाको गक्रुंगा, पुच्छार, माझखन्ड, अर्चले, गहलाम, वर्राचौर, घरीपोखरा वडा नं ४ मा रहेको छ । यो वडाका लागि युवा उम्मेदवारको चर्चा चलेको छ । नेपाली कांग्रेसका तर्फवाट अर्चलेका शुन्दरको चर्चा छ भने एमालेका तर्फवाट कुलुमका नारनको चर्चा चलेको छ । शुन्दर र नारन दुवै स्थानीय रुपका लोकप्रिय युवा र सामाजिक भएकाले प्रतिष्पर्धा कडा हुने देखिन्छ । सहपाठी र कुनै वेलाका परम मित्र यी दुइको चुनावी प्रतिष्पर्धा गांउकैलागि भने हितकर हुने छ । किनभने जो निर्वाचित भएपनि गांउले युवा नेता पाउने छ ।
voting nepalको लागि तस्बिर परिणाम
आकांक्षीले आ आफ्नो तर्फवाट लविगं शुरु गरेपनि नंया वर्षको विहानी संगै उम्मेदवारको टुंगो लाग्ने निश्चित छ । आगामी २०७४ वैशाख २ देखि ७ सम्म जनतामावी विर्घाको स्वर्ण महोत्सव भव्य रुपमा मनाइदैछ । त्यसकालागि विभिन्न ठांउमा रहेका जमावीका उत्पादनहरु विर्घा पुग्नेछन । त्यसवेला लिइने उम्मेदवार सम्वन्धी निर्णय वल्ल वास्तविक र सहभागितामुलक हुने छ ।
१८ वर्षमा कालीमा धेरै पानी वगेको छ । यसविचमा जन्मीएका धेरै युवा भोटर लिष्टमा छन । राजनैतिक वादका आधारमा विभाजित समाज वल्ल विचारका आधारमा विकसित छ । त्यसैले पनि यो चुनाव एकदमै महत्वपुर्ण भएको छ । यसमा पार्टी भन्दा पनि राम्रो काम गर्ने व्यक्ति हावी हुने निश्चित छ ।
voting nepalको लागि तस्बिर परिणाम

कलकत्ताको लाहुरे..

“कलकत्तामा जस्ता राम्रा केटी त दुनीयामै हुदैनन” – मौले शालिकराम दाइले यसो भनीरहदा मेरो मन पनि हावा जसरी उडेर कलकत्ता पुग्यो । त्यति वेला चलनै थियो एसएसीको जांच दिएपछि लाहुर जाने । रिजल्ट आउन झन्डै ८ महिना लाग्ने भएपछि अधिकांश विद्यार्थीहरु लाहुर जाने धोको पुरा गर्थे ।
एसएलसीको पास रेट ज्यादै न्युन हुने त्यो समयमा अधिकांश लाहुर पुग्ने हरु उतै रमाउथे । लागेको व्याक दिने लेठो ज्यादै कमले मात्र गर्दथे । त्यसैले होला दिल्ली वम्वै र कलकत्ताका लाहुरेहरुको वहुमत थियो मेरो गांउमा । धेरैको सपना पढेर उन्नती गर्ने भन्दापनि लाहुर पुगेर जुल्फी लर्काउदै गांउ फर्कने हुन्थ्यो । लाहुरेको शान पनि थियो गांउमा । टिनका वाकसभरी लुगा, लर्केको कपाल, अच्छा लेकिन लवजको वोलीचाली, पासमा सलाई र चुरोटको वट्टा, भद्र भलादमीकालागि गडी मिश्री, कांधमा टेपरिकर्ड । त्यसैले होला लाहुरेलाई छोरी दिनेको लर्को लाग्थ्यो गांउमा ।
यसरी एसएलसी पछि लाहुर जानेमा मेरो टोलै भरीका थिए । मौले भुवन वम्वै, कोशल काका र कैनडांडा चिन्तामणी कलकत्ता, कैनडांडा नविन र टिकाराम वम्वै, दाई जनार्दन दिल्ली, खराल पुरुषोत्तम दिल्ली, मरेगंदा यज्ञ भान्जा दिल्ली, फेदी अशोक वम्वै, मौले गणेश वम्वै । अधिकांश लाहुर गइसकेका थिए । घुमघामपनि हुने यसो काम मिले २-४ पैसा पनि हुने । रिजल्ट आउने वेलासम्म घरफिर्ती पनि हुने । रमाइलै थियो लाहुरको चलन ।
२०५१ सालमा गल्यागंमा एसएलसी दिएर फर्केपछि मलाई पनि के गरु र कसो गरु भाको वेलामा कलकत्तावाट भर्खरै घरआएका मौले शालिकराम दाइको लाहुरको वर्णनले”उडी जांउ की गुडी जांउ” भयो मेरो मन पनि । “क्या वात गर्छौ यार कलकत्ताको दही र कुराउनी कसैले छुट्याउन सक्दैन । अरे यार कलकत्ताको जस्तो जुलेफी त सारा हिन्दुस्तानमा के दुनियामा वन्दैन । हावडाको पुल जस्तो राम्रो पुल त वेलायतमा पनि वनेको छैन । हाम्रो सेठको जस्तो भुडी त कसैको पनि छैन । हाम्रो मनिजरकी छोरी जत्तिकी राम्री त कोही पैदा पनि भएको छैन होला दुनीयामा ।” मौले शालिकराम दाइको वर्णन र कलकत्ताको आकर्षणले मलाई घरमा रात विताउन पनि गार्हो भइरहेको थियो । कतिवेला कलकत्ता पुगेर जेरी खांउला, कतिवेला हावडाको पुल हेरौला र कतिवेला मनिजरकी छोरी चिह्याउला जस्तो भइरहेको थियो ।
शालिकराम दाईका गफले लठ्ठीनेमा राना दुर्गा र म थियौ । दुर्गाका त बा पनि लामो समय कलकत्ता वसेका, एउटी फुपु पनि कलकत्तामा भएकीले, उसकालागि कुनै ठुलो विषय थिएन कलकत्ता । घरवाट सजिलै पठाउने । मेरा लागि भने त्यति सहज थिएन कलकत्ता । दिदी विहावारी भइवरी नर्सिगंको पढाइसमेत पुरा गरीसकेकी, दाई क्याम्पस पढ्न पाल्पा । घरमा वुढा बा र आमा मात्र । म कान्छो छोरो कसरी भागुं । सहमतिमा जान नपाउने । कस्तो विलखवन्द आइलाग्यो ।
हिड्ने दिन आउनै लाग्यो । शालिकराम दाई र दुर्गाको कुरा मिली हाल्यो । पालो मेरो थियो निश्चय गर्ने । रातभरी आमालो”लाहुर न जा । तलाई यतै किन्दीउला मिठा मिठा कुरा र लुगा” भन्दै आमाले विलय गर्नु भयो । ठिकै हो मपनि आमासंग लुट्पुटिए । होस कलकत्ता भने । ढिलो निद्रा पर्यो । साथीसंगको सल्लाह पनि याद आइरहेको थियो ।
विहान अध्यारैमा कइन्डाडा रुकवहादुर दाइले वोलाए “ए वाउ जानी हैनौ रई- मैले दुर्गालाई पुरर्याएर आए त ।” आफ्नो छोरा दुर्गालाई मौले शालिकरामकोमा पुर्याएर फर्केका राना रुकदाईले वोलाएका थिए मलाई । म केगर्नु आमाको सुक सुक रोकिएको थिएन । म भन्दा पहिल्यै आमा वोल्नु भयो “अउ हाम्रो कान्छो त जादैन अरे “।- ए ल भयो नी त । रुकदाई आफ्नै घरतिर लाग्नु भयो ।
आमापनि ढुक्क । अव छोरो लाहुर गएन । कान्छो छोरो घरमै वस्छ । वारीमा मोल वोक्न सघांउछ । आमा$$ भनेर वोलाउछ । विरंगदी घासकाट्न जांदा साथी दिन्छ । कैले कांही घिउ र तरकारी वोकेर तानछिन दाई दिदीलाई पुर्याएन जान्छ । आमा मख्ख । मख्ख परेकी आमा विहानै उठेर गोठल्याइ धन्दामा लाग्नु भयो । म भने अनेक उल्झनमा परे । के गरो कसो गरौ भइ राख्यो ।
मेरा मनमा अनेक कुरा खेले । कलकत्ताको दही र कुराउनी धेरैवेर मनमा आइरहे । जुलेवी र चिल्ला मोटर कार यता र उता गरे । म्यानेजरकी छोरी को मुस्कान मिस भयो । मनमा अनेक तर्कना खेल्दै गर्दा समय पनि वित्यो । शालिकराम दाई र दुर्गा कंहा पुगे होलान । अव म दौडे भेट्टाउला की नभेट्टाउला ।
* * *
एक्कासी शरिरमा जोश जांगर वढेर आयो । आमाको विलौना धुमिल भयो । साथी दौतरीसंग हिजो सांझमा गरेको प्लान हावी भयो । विस्तारै उठेर नंया भनेको पाइन्ट र टिसर्ट शरिरमा उनेर टाइगर चप्पल लगाएको म, मुख पनि नधोई मिर्मीरे घांममा आटीको उत्तर पट्टीको ढोकावाट झ्याम्म हाम फाले । आमा त गोठमा हुनुहुन्थ्यो । बाले देख्नुभयोकी जस्तो लाग्यो ? अंह कसैले देखेन । मौलको वाटो गुरुरु दौडेर गए म ।
एक्लै चप्पल पड्काउदै पाल्पा पुग्दा झन्डै ४ घन्टा लाग्यो । लाहुर हिडेको मान्छेको खल्तीमा जरायोको फोटो भएको १० को सेतो नोट मात्र थियो । भोकले आंत हरर्र भयो । टिमुरे पौवामा पुग्दा पसल्नीले भर्खर चुकौनी झान्दै थिइन । टिमुर फुराएको वास्ना नाकैमा ठोक्कीयो । खल्तीको दशको माया मरेर गयो । स्वामीको रुख फेदमा वसेर मैले अर्डर दिए । “साउनी एक प्लेट चुकौनी र दुइटा समोसा दिनु त ।” एकै झमटमा अर्डर सिनित्त भयो । भोक र स्वाद त मरेको थिएन । दशको मुल्य भने मरीसकेको थियो । अवका अर्डर धान्न खल्तीमा कौडी वांकी थिएन ।
साथी भेटिएलान की नभेटिएलान भन्ने चिन्ताबीच म हुर्रीएर पुगे तानछिन वजार । पक्कै पनि शालिकराम दाई र दुर्गा उमेश दाइको तिर होलान भन्दै म हान्निएर गए । नभन्दै परैवाट शालिकराम दाई र दुर्गाले मलाई देखे । मुस्कुराए उनीहरु, मैले लामो श्वास लिए । अव मेरो लाहुर जाने सपना शाकार हुदैथियो ।
उमेश दाइकोमा खाना खाइवरी हामी लाग्यौ वुटवल तर्फको वस यात्रामा ।
त्यो मेरो जीवनकै दोश्रो वस यात्रा थियो । कितावका पेजमा मात्र वसको चित्र देखेको म पहिलो पल्ट एसएलसी परिक्षा दिन गल्यांग जादा कुलुम नारन, हिरन्डाडा किस्नसंगै मालुंगाको वसिनडांडासम्म पहिलो पल्ट डराई डराई वस चढेको थिए ।
वस वुटवल वसपार्कमा पुगेर रोकियो । मेरो पहिलो मधेश यात्रा भने विस्तारै कठिन भइरहेको थियो । कन्चन पहाडवाट झरेको कलिलो ठिटो म । गर्मीले निथ्रुर्क थिए । म शहरको रंगी चंगीमा घुमिल हुन भन्दा घरको यादमा हराउदै थिए । वुटवल वसपार्कको कुनै सामान्य होटलमा झोला विसाएर हामी गर्यौ – वेलुकाको शोका लागि वुटवल चलचित्र मन्दिर तर्फ । फिल्म भने मेरालागि नौलो थिएन । पाल्पाको शन्तोष चलचित्र मन्दिरको प्रथम श्रेणीमा हामीले धेरै पटक फिल्म हेरी सकेको थियौ ।
उखरमाउलो गर्मी, मच्छरको आक्रमण, जस्ता पाताको छानो भएको होटल राती भने मलाई आमा र घरको यादले खुवै सतायो ।
भोली पल्ट झिसमिसेमै हामी लाग्यौ सुनौली तर्फ । महिन्द्रा जिपमा कोच्चीएर यात्रा गर्दै हामी पुग्यौ गोरखपुर । गोरखपुर रेल्वे स्टेशनको लामो वसाई मेरा लागि नौलो थियो । लामा लामा रेलवका डिव्वा, हुलका हुल यात्रु, फरक भाषा र लवज । सवै नौलो थियो मेरा लागि । अनेक पसल र विक्री कक्ष । विचित्र लाग्यो गोरखपुर र रेल्वे स्टेशन मेरा लागि ।
खान्कीका अनेक परिकार र किनवेचको अनेश शृखंलामा मरो पनि मुखमा पानी नरसाएको हैन । के गर्नु खल्ती रित्तो हुंदाको वेस्वाद मैले भोगे । हुनत नेपाली पैसा भएपनि यसको खासै काम त आउदैनथ्यो त्यहा ।
राना दुर्गाले भने ५० को आइसी नोट राखेको रैछ । दुई भाइले लुकी लुकी वरफ र ठन्डा खुवै खायौ । जीवनमै पहिलो पल्ट फ्रुटीको स्वाद मैले गोरखपुर स्टेशनमा चाखे । लामो पर्खाइपछि हाम्रो रेल आयो । हतार हतार चालु डिव्वामा हामी पुग्यौ । सिट छैन, मानीसको भिड छ । भाषा वेग्लै छ । रौनक अलग छ । म अचम्भीत हुदै । घरी सिटमा वस्दै घरी उठ्दै कलकत्ता पुग्यौ हामी ३ भाई । यसरी जीवनको पहिलो लाहुर यात्रा अनेक रमाइला र कठिनाइका बीच पुरा भयो ।(कलकत्ता पुगेपछिीको वर्णन भने भाग २ मा आउने नै छ )

गोदावरीमा गांउको झझल्को

villages of nepalको लागि तस्बिर परिणाम
सवारी चालक अनुमतिपत्रलाई कसरी सरल वनाउन सकिन्छ भनेर भएका अनेक छलफलपछि यतिवेला म र मेरो टिम गोदावरीमा छौ । अघिल्लो दिनदेखि प्रश्नपत्र सरलीकरणका प्रयासहरु अन्तिम चरणमा छन । मलाई आशा छ यसवाट गाली गर्ने थोरै पुराना नियत सफा नभएका कर्मचारी रिसाएपनि असंख्य नेपालीजन खुसी हुने छन ।
गोदावरीको जंगलवाट छेवैमा रहेको यो सानो टिपीकल नेपाली होटलको छैवै भएर अनेक चराहरु सुरिलो स्वरमा गाइ रहेका छन । नेपाली फिल्म सिन्दुरमा देखाइएको जस्तो मौलिक पहिचान नभएपनि गोदावरी आफ्नो पनमा भने यथावत छ । म गांउ मिस गर्नेलई यसले नोष्टाल्जिक वनाउन काफी भूमिका खेलेको छ ।
थोरै दिनको काठमाण्डौ वसाईपछि मन भारी वनाएर आमा गांउ फर्किनुभएको छ । आमाको काखमा केही समय विताएको म, मेरी आमा र मेरो गांउ दुवैलाई मिस गरेको छु । गांउमा विहा भए जग्गे जात्रा भए, मोटर धुलो उडाउदै गुडेका छन । सजिव भएपनि कुनै प्रतिक्रृया नजनाउने वृद्ध वयका रुखहरु र उमेरले नेटो काटेपछि आफ्ना र आफन्त संझीएका वुढा वा आमाहरु हरेककको पिढीमा सुस्केरा काढ्दै छन ।
म र म जस्ता अनेक युवाहरु भाग्य अजमाउन स्वदेश होस या विदेशका गल्ली गल्ली पसिना चुहाउदै छन । गोदावरीको गांउमा मेरो गांउको झ झल्को दिन अनेक चिजहरु काफी छन । चरा उस्तै छन सुशेली उस्तै छ , पारी गांउमा भुक्ने कुकुर को भुकाई उस्तै छ । पात खस्दै गएका रुख उस्तै छन । वसन्त शूरु भएर होला पालुवा आउनेक्रम वल्ल शुरु भएको छ ।
हिजो राती सपनामा एैठन हुदा म राकस्दीको उकालो सुस्साउदै चढ्दै थिए । मौला पुग्दा अलि राहत मिल्यो । आंखा चिम्लीन भ्याएको छैन । अर्चले तिर दौडदै गरेको दृष्य झ्याप्प आइ हाल्यो । घरी कुलाको वहादमा पौडी खेलेको त घरी यग्गुंदीमा कटुस टिपेको दृष्य हरेक सपनीमा यसैगरी आउछन ।
हिजो सांझ जोडले हुरी चल्यो गांउको घरको खरको छानो उड्यो की भन्ने चिन्ताले निद्रा ढिला आयो । हरेक राती यसैगरी एैठन हुंदा म मात्र होइन मेरो जस्तै दैनिकी भएका हरेक ग्रामीण युवाहरु यसैगरी गांउ संझीदा हुन । डाडांपारीको घामलाई हेर्दा हुन ।
हुनत हिजै देखि हाम्रो पासमा वसेका कुहिरेका चखेवा जस्ता एक जोडी लडारिइरहेका छन । मेरो नजर त्यता भन्दा झ्यालवाट वाहिर देखिने ग्रामीण दृष्यले खिचिरहेको छ ।
कतार एयरवेजको लोगो लेखिएको जहाजले गति लिएको यही झ्यालवाट देखिन्छ । म अलाप गर्छु मेरा आफ्नै स्वदेशी जन यसरी सपना वोकेर अर्को दशैमा फिर्ने लक्ष्य लिएर आफ्ना र आफन्तलाई रुवाउदै उडेका छन । म भगवानालाई पुकार्छु उनीहरुको सपना पुरा होस काठका वाकसहरु मुलुक नभित्रिउन ।

गांउको खुसी ननिमोठीयोस । गांउ मिस गर्न पाइयोस तर गांउमा शोक नभित्रियोस । व्लग नियमित अपलोडको लालसा हटेको छैन । समय व्यवस्थापनमा भएका कठिनाइहरु तुरुन्तै अन्त्य हुने छाट छैन । तैपनि मनमा, मस्तिष्कमा गांउ हराएको छैन । दिप श्रेष्ठको अलाप जस्तै हर रात सपनीमा ऐठन हुदा गांउ मिस हुन्छ, मित्रहरु मिस हुन्छन । तमाम मित्रजनमा समपर्ण

फेरिएको परिचय

विर्घाको वखान गरेर नथाक्ने म अहिले रनभुल्लमा छु । संघीयता र नंया संविधानको कार्यन्वयन संगै मेरो वतन फेरिएको छ । २०७२ चैत्र १ गते गठित बालानन्द पौड्याल संयोजकत्वको स्थानीय निकाय सिमा र संख्या निर्धारण आयोगले ७ सय १९ वटा स्थानीय निकाय रहने सिफारिश २०७३ पुष २२ गते सरकारलाई वुझाएको थियो । सरकारले केही मधेसवादी दलको असन्तुष्टी संवोधन गर्दै २५ स्थानीय निकाय थप गरी ७ सय ४४ स्थानीय निकाय कार्यान्वयनमा ल्याएको छ ।
२०७३ फागुन २७ गतेवाट कार्यान्वयनमा ल्याएको स्थानीय निकायको संख्या संगै अव विर्घा विर्घा रहेन । यो साविक विर्घावाट कालीगन्डकी गांउ पालिकाको केही वडामा सिमित रहन पुगेको छ । साविकका चन्डी भन्ज्याग, आलमदेवी, विर्घा र श्रीकृष्णगन्डकी गाविसलाई मिलाएर ९ वटा वडा रहनेगरी कालीगन्डकी गांउ पालिका कार्यान्वयनमा आएको हो । यसको केन्द्र भने हाललाई विर्घा कट्टी तोकिएको छ ।
सवैलाई सामान्य लाग्ने यो खवर मेरालागि असामान्य वनेको छ । विर्घा मेरो मानक थियो । जसको संझनालाई जीवन्त पार्न मैले सन् २००६ मा विर्घा नामगरेको व्लगसमको फ्रि स्पेस प्रयोगमा ल्याएको थिए । लामो समय व्लगकारिता मेरो नियमीत कर्म थियो । हुन त यसअघि विर्घाडट युके प्रचलनमा ल्याएपनि विर्घा वलगसम मेरो प्रिय थियो र धेरै पाठक शुभेच्छुकले यसलाई मनपराइदिनु भएको थियो । जसको आलोकमा टेकेर म गांउको खवर पुर्याउन लागि परेथे । फेसवुक यति विघ्न लोकप्रिय भइनसकेको समयमा विर्घा व्लगसमले लोकप्रियताको शिखर चुम्दै थियो ।
व्लगसमले फ्रिस्ेपसलाई हटाउन शुरु गरेपछि मेरो व्लगसमपनि आक्रमणको शिकार भयो यो डिस्प्लेमा आउन छोड्यो ।
यसै मेसोमा प्रविधिका जानकार मित्र प्रवेश शुवेदीको समयोगमा न्यून मूल्यमा मैले विर्घाको आफ्नै डोमेन खरिद गरी विर्घाको खवरकारितालाई प्रचलनमा ल्याए । यद्यपि यो कर्म मेरो जारी छ ।
नियमितता दिने अनेक वाचा कसमपछि पनि अनेक उल्झनले मित्रहरुको मागलाई नजरअन्दाज गर्दा मन अमिलो हुन्छ । यद्यपि विर्घा व्लग छ म छु र पाठकहरुको माया छ । अव यो एकादेशको कथा हुन लागेको विर्घा जुनसुकै रुपवाट हराएपनि मेरो स्मृतिमा भने सदैव रहीरहने छ । जय विर्घा ।