मातृभूमिममा नया नेतृत्व

No automatic alt text available.
मातृभूमि पुस्तकालयको नारायण प्रसाद पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति
बिर्घा, स्याङ्जा जिल्लाको पुरानो पुस्तकालय मध्येको एक मातृभूमि सामुदायिक पुस्तकालयको ८ औ साधारणसभा तथा भेला शनिबार सम्पन्न भएको छ । संचालक समितिमा आठौँ साधारण सभाबाट नारायण प्रसाद पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । जसको उपाध्यक्षमा विष्णुप्रसाद पाण्डे (कोटाकोट,पूर्व श्रोत व्यक्ति) सचिवमा नारायण पाण्डे, सह–सचिवमा वेदप्रसाद भट्टराई, कोषाध्यक्षमा चुमकला पाण्डे रहनुभएको छ । यसैगरी सदस्यहरुमा फर्सुराम पाण्डे, देबाखर पाण्डे, सिता भट्टराई, शोभाकान्त पाण्डे, प्रेमबहादुर राना र शोभाखर दर्जी रहेका छन ।
लामो समयसम्म त्यस क्षेत्रको शैक्षिक विकासमा आफ्नो समय व्यतित गरेका शिक्षाप्रेमी नारायण प्रसाद पाण्डेले आफुलाई सबैले बढो विश्वासका साथ निर्बिरोध अध्यक्ष पदमा चयन गरेकोमा सबै प्रति आभार ब्यक्त गर्दै पुस्तकालयको श्रीबृदीका लागि आफ्नो बलबुताले भ्याएसम्म लागिपर्ने र पुस्तकालयलाई अहिलेको समयको मागसंगै नयाँ स्वरुपमा लैजान सुबिधासम्पन्न भवन निर्माणका साथै पुस्तकालय सूचना तथा प्रबिधिमैत्री बनाउनुपर्ने मुख्य जिम्मेबारी रहेको र यसका निम्ति एकल व्यक्तिको प्रयासले मात्र सम्भव नभई विभिन्न तहतप्काबाट सबैको साथ चाहिनेमा अध्यक्ष पाण्डेले धारणा ब्यक्त गर्नु भयो ।
सभामा सचिव नारायण पाण्डेले ३ लाख ५० हजार बरावरको आर्थिक आय व्याय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि पुस्तकालयका संरक्षक एवं पूर्व साँसद शंकर पाण्डेले संस्थाको स्तरउन्नतीको लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
हिमलाल पाण्डेको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन आजिवन सदस्य डोलराज पाण्डेले गर्नुभएको थियो ।
Image may contain: 1 person, outdoor and closeup