दशै आउदै गर्दा…२


कार्यसमय सकिन केही मिनेट वांकी रहदा फेरी गांउ घरको याद वल्झेको छ । वाहिर खुलेको मौषम वेला वेला मडारिने चिसो हुदै गएको सिरेटो, वेला मौकामा कहिले घर जानी हो भनेर आउने फोन कलहरु । मौषम कम्ती मादक वनेको छैन । वजारमा चहलपहल शुरु भएको छ । किनमेल गच्छे अनुसार चलेकै छन । सक्ने मलमा होलान नसक्ने सडक पेटीमा वार्गेनीगं गर्देछन ।
आज द्धादसी तिथी सकेर मौलावाट यज्ञदाईले फोनमा भन्नुभयो । हैन खराल बा पनि निस्के खाना खाएर आगंना पल्ट्याछु । तिमरु कैले आउनी हउ? दशै आउदै गर्दा गांउ घरको रौनक वदलीएको छ । कपाल खौरेर पितृलाई पिन्ड दिनेहरुको माचो छ । वेदुवाहरु पुजाको कुटुरो वोकेर हस्यागं फस्यागं दगुर्दै छन ।
कोही दशैकालागि घर रंग्याउन माटोको जोहोमा छन कोही हरिया सालका पात टिप्दैछन ।

“मैले सुन्दरताको लागि फूललाई जोगाइराखेको थिएँ, तर चरा आई त्यही फूलको रस चुसेर गयो ।”
मकै थन्क्याएपछि किसानहरु धान नपाकेसम्म फुर्सदिला वनेका छन । कोही परिवारको खुसीकालगि आफ्नो पसिनाको कमाइ पठाउन IME को लाईनमा वसेका छन । यताको खुसी भन्नु त्यही पसीना त हो नी । तिनका पसिना दशमीको दिन अक्षताका रुपमा निधारमा रंगिने अधिंकाशं नेपालीको नियति हो । ती परदेशी दशैको दिनमा पनि फुर्सद नपाएर परिवार र आफन्त कल्पदै पसिना वगाइरहदा हुन ।
यताको आंग ढाक्ने तिनै पौरखी हातहरु यो दशैमा आउन पाइएन अर्कोमा त आउछु भन्दै परिवारसंग फोनमै सुसाउदा हुन ।
शरद आउदै गर्दा मौषम पनि कम्ती रंगिन वनेको छैन । घरी आकाशमा वादलका झुल्का देखिन्छ त घरी निख्खर घाम, घरी हपक्क न्यानो त घरी चिसो सिरेटो ।
यसै रंगिन मेसोमा फेसवुके मीत्र खेमराज गांउलेले खिचेका अनेक रंगिन तस्विरहरुले मलाई पनि गांउ घरको झझल्को गाढा वनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *