शोकको घडीमा

जगत रंगको होलीमा रमाउदा मित्र विजय अश्रुधाराले पुरीयो । केही दिनअघिसम्मको औधी खुसी छिटै शोकमा वदलीयो । एउटा अपूरणीय क्षतीले विजयलाई जीवनभर गांजेर गयो । नावालकले मातृत्व गुमायो, परिवारले असल सदस्य गुमायो, समाजले सरल, सौम्य र मृदुभाषी दिपालाई गुमायो ।
“वनै खायो डढेलाले मनै खायो यै मोरीको पापी मायाले
भोक पनि छैन मलाई तिर्खा पनि छैन….”
भन्दै लगनाका चौपारी पल्तीर शुरेश म र विजय वेला वेला जंगलै थर्किनी गरी एक साथ गाउथ्यौ । केही वर्ष मात्र अगाडीका ति दिन रमणीय थिए, रंगीन थिए ।
व्यवहारिकताको जंजालमा म मात्र होइन मित्र विजय र शुरेश पनि वेरिए । दिनहरु औपचारिकतामा घेरीए । भेटघाट पातलीए, कार्यव्यस्तता वढे, व्यवसायीकता वाक्लीए ।
विजय र हामी एउटा नमिठो रिक्ततामा पुरीएको केही दिन नवित्दै त्यस क्षेत्रका समाजसेवी मिर्मीका वेद प्रकाश भट्राइको असामयीक निधन भयो । वामपन्थी विचारधारावाट निकट रहेका वेदे दाई हाम्रा लागि मिथकीय पात्र हुनुहुन्थ्यो । केटाकेटी छदा सुनिने गुल्मीका तेले र वेसारेका जुडुवा पात्रका कथा जस्तै । वारी स्यागंजामा छापको रेशम र मिर्मीका वेदेको नाम खुव चल्तीमा थियो ।
वलशाली वेदे दाई यस्ता छन रे उस्ता छन रे! वेदेले त रागालाई पनि लडाइदिन सक्छन रे, एउटा सिंगै वोकाको मासु खान्छन रे ! जत्रो थाम पनि उचाल्न सक्छन रे । कसैले नसकेको ढुंगो उचाल्छन रे । यस्ता मिथकीय पगरी गुथाइएका वेदे दाई सामाजीक काममा अग्रणी थिए । मिर्मीका स्थानीय भएपनि जिल्लाकै राजनीतिमा उपस्थिति जनाइरहने उनी विर्घातिर वाक्लो आउजाउ गर्नेमा पर्दथे ।
जनता मावीका पूर्व विद्यार्थी रहेका उनी पूर्व विद्यार्थी गठनमा पनि सक्रिय रुपमा लागेका थिए । राजनैतिक गतिविधिमा सक्रिय रहेका वेला स्यागंजाको कार्यक्रममा सहभागी भएर फर्किदा वालिगंमा वेदे दाईलाई हृदयघात भएको थियो । उपचारकालागि पोखराको मणिपाल हुदै काठमाण्डौ ल्याइएका वेदे दाई होसमा आउन सक्नुभएन ।
आफ्नै जन्मस्थान मिर्मीमा उंहाको भावपूर्ण अन्त्येष्टी भएको थियो ।
मृत आत्माको चीर शान्तिको कामना ।

नफर्किने जमावीका दिनहरु

“आज पौर्न जाम” आरुका फेदमुन्तिर वसेको गक्रुंगां यग्गेले भन्यो । जानी भा जाम पुच्छारको डोलले हातको धुलो टक्टक्याउदै सहमती जनायो । टोलीमा मरेंगदा शिव र म छुट्ने कुरै भएर । हाफ टाइम पछाडी पढाइ छोडेर पौडीन जाने हामी पौडी वाजको सानो समुह थियो । चैत वैशाखको खडेरीमा चिसो पानीमा डुवुल्की लगाउनु कम्ता मजा आउथेन । त्यसैले त जान्ने कालीमा नजान्ने ढोवलामा डुवुल्की लगाउथे ।
कुलुम नारन,महेश र गैरावारी सानुहरु छाती फुलाएर हिड्ने वेला थियो त्यो । केटाहरु छोटामोटा पुस अप, सिट अप सिकेपछि छाती ठुलै भएजसरी फुलाएर हिड्थे । केटाहरुका अनेक रुची थिए त्यो वेला । कोही वर्फी वेच्थे त कोही टारीका खेतमा अंकरा टिप्न निस्कन्थे, कोही कुलाका वाहाद पौडिन पुग्थे त कोही कटुस खोज्न यंगुदी ।
पारीका त पौरिन माछा जस्ता हुन्छन अरे । केटाहरुले गंगा भवन अगाडी घाम ताप्न वस्दा, या करविरका रुखमुनी वसेका वेला गफ लाउथे । हुन पनि ठेगान नभएको पुल तरेर पढ्न आउन पर्ने भएपछि गुल्मीको पंहादी, धुसेनी,चेहेमी, ठुलो लुम्पेकर वक्केवा वाट आउने अधिंकाश विद्यार्थीहरु कालीमा डाइभ लएरै विर्घा आउथे जमावी पढ्न ।
वारी र पारीको मनौवेज्ञानिक विभाजन थियो त्यो वेला । अखिलकाले पारीका प्रति सहानुभूति राख्थे भने नेविसंघ पट्टीकाले पारीकालाई दुस्मनै ठान्थे । पारीका चल्ता पुर्जा थिए सिद्धिचरण, रवीलाल, ओल वहादुरहरु । उनीहरुकै छत्रछांयामा संगठीत पारीकाले वारीका सोझा सिधा माथी वल प्रयोग गर्न त्यति हिच्कीचाउदैनथे । हुनत पारीका भएपनि हाम्रा नजिकका मित्रहरु गोपाल, विष्णु, नन्द, कुष्ण, नरेश भने मिजासिला र मिलनसार नै थिए ।
नेवीसंघ र अखिल दुइ धारमा भएको वेला हो की डांडाको शोभाखर टाइम टाइममा आक्रमणमा परेको नमिठो संझना भने आइरहन्छ ।
प्रत्येक क्लासका अन्तिम वेन्चमा वस्ने केही जीद्दीहरुको समूह पनि हुन्थ्यो । सरल सिकाइमा लाग्ने डिल्ली सर, झवी सर र कपिलदेव सरहरुको टाउको दुखाई यही समूह थियो । कहिले वल चोर्ने त कहिले कपिलसरको सिठी चोर्ने समूहले वेला वेला स्कुलमा हंगामा मच्चाइ रहन्थ्यो ।
चक लुकाउने त डस्टर फल्दिने देखि सरलाई पुच्छर वनाइदिन समेत यीनीहरु प्छि पर्दैनथे ।
दिउसो १ नवज्दै भिमकुमारकोमा या युगराजकोमा चुकौनी खान जानेमा केटाहरुमात्र होइन केटीहरुपनि खुवै थिए । चुकौनी ठेक्कामा वाटा नै किनेर खानेहरुपनि हुन्थे आकल झुकल । विद्यार्थीमात्र होइन चुकौनी खान सरहरु पनि जोसिन्थे । वलराम सर, धर्मराज सर चूकौनी वढि खानेमा पर्दथे ।
१ वजेको हाफ टाइम पछिको पढाइ केही सोझा र इमान्दार विद्यार्थीलाई मात्र हुन्थ्यो । धेरै विद्यार्थी हाप टाइम पछाडी घर तिरै हुर्रिन्थे । तास देखि पौडी खेल्नेहरु हाफ टाइम पछाडी कमै भेटिन्थे ।
समय वदलीएको छ । हुनत कालीको पानी पनि धेरै वगी सकेको छ । हिजका स्कुलेसाथीहरु व्यवहारिक जीवनमा प्रवेश नगरेका अव वांकी छैनन । यद्यपि स्मृतिहरु ताजै छन । चैते हुरीमा स्कुलको मेवा भांचीदा त्यसैले लागेका वर्राचौरका भिम हुन या, ताल ताल कतार वाली वाली साउदी भनेर मध्यपूर्वको समृति उकेल्ने पुच्छारका डोल हुन । स्कुले वेला रमाइलो गर्न कैनडांडा आउने पिताम्वर बाका शोभाखर हुन या भुष्टुंगमा पसल राखेका गक्रुंगाका भिम हुन, गुप्तवहादुरका भाइ खुमवहादुर हुन, डांडाकी विमला हुन या, पुच्छारकी रेनुका, खरालकी यमकला हुन या पारीकी भगवती सवै फरक भूमिकामा छन । यद्यपि स्मृतिमा आइरहने यी मित्रहरु स्कुलको संझना आउने वित्तिकै स्मृतिका परेलीमा टिल्पीलिन आइ पुग्दछन ।

स्मृतिका शिवरात्रीहर

स्मृतिवाट इतिहासलाई नियाल्नुको मजा नै वेग्लै हुन्छ । त्यसका लागि उपयुक्त वातावरण र यथेस्ट समय भने चाहिन्छ । समयको नियतिले जसलाई जंहा पुर्याएपनि सवैका लागि विगत मिठो हुन्छ । कसैले व्यक्त गर्ला त कसैले मनमै सांची रहला ।
प्रिय पर्वहरुमध्ये शिवरात्री मेरा लागि एक हो । शिवरात्रीमा भांग, धतुरो र नशा जन्य पदार्थ लिनै पर्छ भन्ने केही छैन । हिन्दु दर्शनका विभिन्न सम्प्रदाय मध्ये शैव सम्प्रदायका पनि खास गरी कालमुख र अघोरी सम्प्रदायका लागि यो विशेष पर्व वन्दछ । आराध्य देव पशुपतिको दर्शन आराधाना र जप, तप तथा भजन गरी मनाइने यो पर्वमा देश विदेशका अनेक भेष, भाषा र भंगीमाका साधुहरु भेट्ने अनुपम अवसर हो शिवरात्री ।
शिवरात्रीका संझनाहरु आउदा विश्वविद्यालय क्याम्पस कीर्तिपुर होस्टेलका रमाइला दिनहरु स्मृतिमा आइरहन्छन । कीर्तिपुर होस्टेल मानव निकुन्जको रुपमा रहेको थियो । २०६१÷६२ साल तिर स्नातकोत्तर पढाइका शिलशिलामा म पनि केही महिना होस्टेलको पांहुना भएको थिए ।
होस्टेलका जिग्रीहरु थिए पन्डीत उर्फ शुन्दर, वमे उर्फ अस्विन, चैट अर्थात हरि दाई,गुड्डू उर्फ सुर्जेमान, कवी उर्फ निर्मल, विमल दाई उर्फ वावुराम अर्याल,वड्डा उर्फ उत्तम पौडेल र मैनालीहरु । जिग्रीहरुको सल्लाह अनुसार टोली कहिले पुरानो वानेश्वरको डांडाको गुरुकुल त कहिले पशूपतीका श्लेश्मान्तक वन तिर विचरण गथ्र्यौ । उमेर थियो, आकांक्षा थियो, अवसर थियो र थियो ठुलो सपना ।
थिएन त केवल मनग्गे खर्च गर्ने क्षमता, होसियारी र औपचारिकता । यद्यपि ती दिन रमाइला थिए । आज भन्दा कति हो कति ज्यादा । कालो पदार्थ प्रतिको रुची र आकर्षणले आधां रात्री पनि साथीहरुले विउझाउथे । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन काल, होस्टेलमा वस्ने प्रतिको प्रहरीको हेराइ । यी सवै कारणले जोखिम पूर्ण भएपनि होस्टेलको वसाई रमाइलै थियो । होस्टेलमा वस्ने दौतरीहरुको प्रिय पर्व शिवरात्रीमा पशुपति पुगेर प्रसाद खानु, कीर्तिपुर फर्केर महिनावारी खाना खुवाउने होटलमा अविराम खाना खानु खुव रमाइलो हुन्थ्यो ।
हुनत मित्रहरुका प्रिय चिजहरु हेस्टेलको वरी परी नभएका होइनन । त्यही मेसोमा अर्को आर्कषणको पात्र आइपुग्यो व्रिजेश । दक्षीण अफ्रिकाको तातो हावा खाएर फर्केको व्रिजेशले हाम्रा अगाडी तिलस्मी कथा सुनाउन र उट्पट्यागं कर्म गर्न केही वांकी राखेन ।
व्रिजेश हुन्जेल विक्री भन्डारका धेरै कपहरु होस्टेल भित्रिए । अनेक किस्साको धनी व्रिजेशले उत्तम पौडेलको मन भने राम्रै जित्यो । केही सापटी समेत फुत्काएर अलप भएको व्रिजेश यो धर्तीमा रहे नरहेको केही खवर पाइएन ।
शिवरात्रीका सखाहरु अहिले देश विदेश अनेक ठांउमा रमाएका छन । पारिवारिक र व्यवहारिक जिम्मेवारीले भाइ साथीहरु संग भेट नभएपनि ति तमाम आकांक्षा वोकेका मित्रहरु जीवनका उकाली ओरालीमा कतै छन । कोही शिखरमा पुगेर थकाइ मार्दै होलान त कोही उकालो चढ्दै होलान । जंहा जसरी रहेपनि वारवार याद आइरहने मित्रहरुको संझना शिवरात्रीको मेसोमा झन गाढा वनेर आउछ ।

यस्तै छ साथी विर्घाको हाल


तोरी फुल्यो धर्ती रमाइलोः मिर्मिै फांट । जुन विर्घाको प्रवेशद्धार पनि हो ।
मिर्मी वाट पल्तीर लाग्ने वित्तिकै दुइवटा डोजर वाटो विस्तार गर्न व्यस्त छन । धुलो उडाउदै जिपहरु हुइकीइ रहेका छन । खेत वारीहरुमा कतै कतै हरियाली भएपनि हिंउदको झल्को दिनेगरी वाझै छन । विहावारी र पूजा आजा अविराम जारी छन । हिंउदको मानु घरमै नखाएपनि दिन विताउन गार्हो छैन । कुल पुजाहरु अनेक चरणमा जारी छन । कोटाले, वोली पांडे र वोसाहरुका फरक फरक भएपनि अहिले त टोल र परिवारै पिच्छे कुल पुजा भएका छन । कुल पुजाको प्रसाद पाहुना, महिलालाई दिन र घर भित्र लानु हुदैन भन्ने पुरानो मान्यता रहेपनि डोरी टागेर झ्यालवाट भित्र्याउने नौलो चलन शुरु भएको छ । केटी मान्छेलाई दियो वालेको नदेखाएपनि प्रसादमा भने कुनै रोक तोक छैन । कुल पुजा पछि विहावारी, व्रतवन्ध र अन्य पुन्य कर्महरु गर्नु हुदैन भन्ने मान्यताले वर्षको अन्तिममा र पछिल्लो लगनमा कुल पुजा गर्ने चलन रहेको छ ।

विवाहको रौनकः विवाहका लागि सिंगारीएका घर । फागुनको लगनमा धेरै को जोडी वाधींएको छ ।
हतार हतार यात्रावाट कुलुपुजाकालागि विर्घा पुगेको म कुलपुजाको सक्रिय सहभागीता पछि हतार हतारैमा फर्कीएको छु । विहावारी र निमन्त्रणका चांग हुदा पनि विर्घा वस्न नपाउदा थकथकी लागेको छ । लामो तनाव अन्त्य गर्न विहानै उदाएका घाम परेका विर्घाका सम्मा फांट र आलमदेवी रहेको लसर्घाको डांडो हेरे पछि कतै जानु पर्दैन ।

पंचवलीको चटारोः आलमदेवीमा पंचवलीका लागि हिड्दै श्रद्धालुहरु ।

कुल पुजामा श्रघालुः ३ वर्षको एक पल्ट हुने कुल पुजामा पान्डे परिवार । आजकल घरै पिच्छेका कुल पुजा हुने गरेका छन ।

पुजा पछीको प्रसादः कुल पुजामा सहभागीपुजा समापन पछि प्रसाद खादै ।

भाइ साथीका गफगाफः खान पिन पछि गफिदै दौतरीहरु ।

कच्ची वाटोको सवारीः ट्याक्टरमा चढेर गन्तव्यमा जादै यात्रु ।