अलवीदा देवीसर


(अव संझना मात्रः आफ्नै घरको पृष्ठभूमिमा देवीसर)
विर्घा ५ कट्टी निवासी देवीप्रसाद पान्डे अव हामी बीच रहनु भएन । वंहाका संझनाहरुमात्र यतिवेला वांकी रहेका छन । गएको वुधवार लुम्वीनी अंचल अस्पताल वुटवलमा वंहाको निधन भएको हो । आज शुक्रवार वंंहाको अन्तिम संस्कार विर्घा २ अरुवाघाटमा भएको छ । वंहाका आमा, २ जना छोरा र १ छोरी रहेका छन ।
देवीसर विर्घा स्वास्थ्य चौकीमा लामो समय सेवा पुर्याउनुभएका अनुभवी स्वास्थ्यकर्मी हुनुहुन्थ्यो । अवकास जीवनपछि समाजसेवीका रुपमा परिचित देवीसर केही वर्ष अघिको पत्नी वियोगपछि एकल हुनुहुन्थ्यो । केही हप्ता अगाडी वुटवल जानुभएका देवीसर वुधवार दिउसो स्वास्थ्य समस्या आएपछि अकस्मात अस्पताल भर्ना हुनुभएको थियो । अन्तत वंहा होसमा आउन सक्नुभएन ।
हामी केटाकेटी हुदाका जल्दा वल्दा पात्र हुनुहुन्थ्यो देवी सर । गाउलेकाबीच डाक्टरका रुपमा परिचित देवीसर हामी केटा केटीकालागि भने कडा मिजासका हुनुहुन्थ्यो । व्यक्तित्व र पोशाकमा अत्यन्तै सचेत देवीसरको व्यवहारपनि कडा र स्पष्ट थियो । स्पष्ट वक्ताका रुपमा परिचित देवी सर स्थानीय विभिन्न संघ संस्था र विद्यालयका विभिन्न समितिमा पनि आवद्ध हुनुहुन्थ्यो ।
प्रत्येक वर्ष फागुन २२गते जनतामावी अर्चलेमा आयोजनाहुने रेडक्रश सर्कलको लोकगीत प्रतियोगितामा उंहा सधै मुल्याकंन समितिमा हुनुहुन्थ्यो । सदावाहार कमाण्डीगं स्वरमा “मूल्यांकन समितिको काम फलामको च्युरा चपाउनु सरह हो” भनेको ओजस्वी स्वर मेरो कानमा आज पर्यन्त गुन्जिरहन्छ ।
सवै काममा अग्रसर हुनुपर्ने नेतृत्वगत आचरणका धनी देवीसर केही वर्ष पहिले भएको मुटुको सल्यक्रियापछि नियमित औषधी सेवन र चेक जांचमा रहनु भएको थियो । एकान्तिक वन्दै गएका देवीसर पछिल्लो समय अस्वस्थ देखिनुहुन्थ्यो ।
देवीसरसंगका अनेक स्मृतिहरु मेरो मनमा ताजा रहेका छन । जानुका दिदीसंगको हाम्रो पारिवारिक सम्वन्धलाई लिएर दाई भन वा भिनाजु भन भन्ने वंहाको आग्रह मैले कहिल्यै पालन गर्न सकिन । सधै आदरगत रुपमा रहेका देवीसर मेरो नजरमा सधै सर नै रहनु भयो । सम्वन्ध आत्मीक रहेपनि आदर सधै एउटै रह्यो देवीसर प्रति ।
स्वर्गीय देवीसरको आत्माको वैकुन्ठ वास होस । अल विदा देवी सर !

भुकम्प पीडितको साबीती

चिसो सिरेटो वेला वेला आइ रहन्छ । हो यस्तै सिरेटो चलेको मध्य दिउसो काठमाण्डौ हल्लाएको थियो विनासकारी भुकम्पले । अरु वेला सित्तल दिने सिरेटोले आजकल त्राशको भारी थपेर जान्छ । कलिला नानीहरु कम छन अहिलेको काठमाण्डौमा । ठुला आवाज निकाल्ने र जमिन नजिकैवाट उडान भर्ने हर्कुलसको चर्को आवज रात दिन थामिएको छैन ।
म एउटा भुकम्प पीडित राजधानीका कठिन दिनहरु गनीरहेको छु । भत्किएका संरचना उत्तानो लास जस्ता देखिन्छन । मलाम पछि फर्किदा नमिठो डरले डेरा जमाउने मेरो मनलाई ती सवै संरचना त्यस्तै लागेका छन । हर केही दिनमा टहलिन वा जीवन र जगतलाई नजिक वाट नियाल्न कृष्ण मन्दिर पुग्ने म अहिले एक्लो भएको छु ति प्रिय संपदाहरुको विनासमा ।
हर दिन विहानै चरा जस्तै चिर्विराउदै स्कुल जाने केटाकेटी अहिले की त गांउ फिरेका छन की त शिविरमा कष्टकर दैनिकी खेप्न वाध्य छन । रंगिन चराहरु कतै टाढा उडेर गएको जंगल जस्तो भएको छ यो मन्दिरै मन्दिरैको शहर । हर घर घरमा देवताको वास हुने वस्ती यतिवेला मशानघाट जस्तो लाग्न थालेको छ ।
शहयोगका नाममा प्राप्त हुने साम्रागीले पर निर्भरता तर्फ उन्मुख गराएका छन । शंवेदना हराएका केही मानिसहरु यही मेशोमा अतिरिक्त लाभमा लागेका छन । समय शून्यमा रोकिए जस्तो लागेको छ । समय वताउने वुढो घन्टाघर धरहरा ढलेपछि एक्लो भएको छ । स्मृति हराएजस्तो कहिले कांही समय पनि ढिलो वताउन लागेको छ घन्टाघरले ।
प्रताप मल्लले वनाएको रानी पोखरी बीचको महादेवको मन्दिर भत्केको छ । शिक्षाको दियो वाल्ने दरवार हाइस्कुल वेहाल भएर ढलेको छ । कक्षामै रहेका केही विद्यार्थीले ज्यान गुमाएको स्कुलमा अझै केही विद्यार्थीका कलम, कपी र झोला च्यापिएका छन ।
विश्व सम्पदामा सुचिकृत उपत्यकाका तीनै दरवार खन्डहरुमा पुरिएका छन । म यतिवेला मिथकीय चरी फिनिक्स जस्तो ध्वंश राग गाएर धुलो धुलो भएको छु । गएको वैशाख १२ मा आएको भुकम्ले धुलो उडाएर धुलाम्य वनाएको शहरमा म पनि धुलो धुलो भएको हु । फिनिक्स पानी राग गाएर पानी पानी हुन्छ, अग्नी राग गाएर खरानी हुन्छ र जीवन राग गाएर फेरी वौरिन्छ । म त्यही फिनिक्स चरी जस्तै भएको छु घरी धुलो, घरी ध्वंश र घरी पानी पानी भएको छु ।
अव भत्किएका संरचना हेरेर या विगतलाई कल्पेर मात्र जीवन चल्दैन । “श्रृष्टीलाई चलाइ राख्ने हो भने प्रत्येकले आ आफ्नो कर्म गर्नु पर्दछ” भन्ने श्रीमद्भागवत गीतामा भगवान कृष्णले भनेको वाक्याशंलाई प्रत्येकले आत्मसात गर्नुपर्दछ ।
हातमा हात मिलाउदै प्रत्येक नेपालीले यस दुखको घडीमा आफुले सकेको गर्नुपर्छ । मौकाको फाइदा लिने हैन त्याग गर्ने समय आएको छ आफुले सक्दो त्याग गर्नु मै नेपाल र नेपालीको कल्याण र भलाई छ ।आगे तपाई हाम्रो जिम्मा ।

जनजीवन सामान्य तर्फ

महाविनाशकारी भुकम्प पछि जनजीवन सामान्य तर्फ फर्किन शुरु भएको छ । अकल्पनीय झट्काले भएको जन धनको क्षति र त्यसले निम्त्याएको मानवीय त्राश पछि मानिसहरु पुरानै घर व्यवहारमा फर्किएका छन । प्रियजनहरु गुमाउनेहरु ठूलो शोकमा छन । सामान्यजनहरु नमिठो अतितलाई भुल्ने तर्खरमा छन ।
भुकम्पको झट्का पछिको केही रात शार्वजनिक पालमा विताएपछि फुर्सदीलो वनेको म गृह जिल्ला हान्निए स्यागंजा तिर । सवारी नपाउने समस्याका बीच केही मनकारी मित्रले मिलाएको साधनमा विर्घा पुग्ने वहाना वन्यो भुकम्प मेरा लागि ।
विर्घामा भुकम्पवाट ठुलो क्षति नभएपनि केही घरहरु नराम्रो संग भत्किएका छन । त्यस्ता घरहरु वस्न योग्य छैनन भने केही घरहरु मर्मत पछि वस्न योग्य छन । वढि क्षति वन्कसी डांडा, मरेग्दां तिर भएको पाइयो । अन्य घरहरु सामान्य छन ।
लोकन्थलीवाट त्रिभुवन विमानस्थलमा आउने जाने हर्कुलस विमान गनेर दिन फाल्नु साटो विर्घा जाने मेरो निर्णयले रिफ्रेश मात्र गराएन पछिल्लो गांउको अपडेट दिन पनि संभव भयो । तिनै जनजीवन सामान्य वन्दै गरेका तस्विरहरु ।

के छ त काठमाण्डौ को खवरः भुकम्प पछि विर्घा पुगेका शुरेश पान्डेसंग राजधानीको खवर वुझ्दै शोभाकर सर र खिमानन्द सर । वन्कसीडांडा स्थित रेश्मी राजको चिया पसलमा ।

अव डराउनै पर्दैनः भुकम्पको विषयमा कुराकानी गर्दै हिमलाल पान्डे र पोषकान्त पान्डे । पृष्ठभूमिमा मकै छरेपछिको डल्ला फुटाल्दै दुई महिला ।

नगरी काम पुग्दैन खानः डोकामा घास वोकेर सांझपख घर फिर्दै गरेकी महिला अर्चले स्कुल मुन्तिर ।

तोरी फुल्यो धर्ती रमाइलो ः तोरी वारीमा तरकारी खोज्दै स्वर्गीय दिनदयाल पान्डेकी धर्मपत्नी टारी खेतमा ।

मकै छरेर सकियो डल्ला फोर्देछु ः वारिमा डल्ला फेर्दै घरवारी काइला वा पुच्छार वारीमा ।

मरी लानु क्यै छैनः गफमा मस्त हंसिका वादशाह शिवलाल पान्डे । गफ सुन्दै भुवन, नरेन्द्र पान्डे र खराल पुरुषोत्तम ।

खोला पारी के छ तः भुष्टुंग तिरको भेटघाट र खवर वुझ्न जादै मरेंग्दी माधव दाई, रामु दाई म लगायत ।

हैन कस्तो आएछः मोवाइलवाट फेटो खिच्दै पूर्व सांसद शंकर प्रसाद पान्डे ।

भुकम्प पछिको विर्घा

अघिल्लो शनिवार अकस्मात गएको भुकम्पले विर्घा जाने साइत जुरायो । यो भुकम्पले विर्घाका घरहरुमा पनि व्यापक क्षती भएको छ । तिनै क्षती पुगेका केही घरहरु ।

भुकम्प वाट क्षति पुगेको वनकसी डांडा स्थीत पशुपति पान्डेको घर ।

वन्कसी डांडाकै छविलाल पान्डेको चर्किएको घर । यो घरमा वाहिर भन्दा भित्र धेरै क्षति देखिन्छ ।

वन्कसी डाडाकै उमाकान्त पान्डेको घर ।

विर्घा कट्टी स्थीत गणेश पान्डेको घर ।

वन्कसी डाडाकै अर्को घर ।