पिताम्वरलाई सहयोग आउने क्रम जारी


(केही वर्ष अघि वैदेशिक रोजगारीका क्रममा पिताम्वर)
जीवन सृष्टिको सुन्दर उपहार हो । तर कहिले काहीँ सृष्टिको त्यही सुन्दर उपहार पनि अभिसाप बनेर मृत्यु संग लड्न बाध्य बनाउदो रहेछ । जिवित रहेर संसार नियाल्ने हरेक मानव जातिको ईच्छा हुन्छ । तर त्यो ईच्छा पीडित एक्लैले पूरा गर्न असम्भव छ । यस्तो अबस्थामा सबै सहयोगी हातहरु र मानव रूपी मनहरुको हारगुहारको आबश्यक्ता पर्छ ।
अहिले यस्तै आबश्यकता परेको छ स्याङ्जा आलामदेवी ६ निवासी पित्ताम्बर रानालाई । निज पित्तामबर राना पाल्पामा अध्यन गर्दै पुजा कम्प्युटर पाल्पामा कम्प्युटर प्रशिक्षण गर्दा गर्दै २०१२ मा कोरिया प्रवेश गर्नु भएको थियो त्यसैले उहाँ पाल्पालीहरुको निकटतम आत्मीय ब्यक्ति पनि हुनुहुन्छ तर कोरियामा रहेकै अबस्थामा दुबै मृगौलाले काम गर्न छोडे पछि उपचारमा केही सस्तो हुने भएकोले नेपाल जानुपर्ने बाध्यता आई लाग्यो । र हाल टिचिङ हस्पिटल काठमाडौमा डायलेसिस गराई रहनु भएको छ । उहाँको छिटो भन्दा छिटो मृगौला प्रयारोण गर्नु पर्ने भएको हुदा आर्थिक अबस्था कमजोर भएको कारण देश बिदेश बाट आर्थिक सहयोग जुटाउने अभियान सुरु भएको छ । कोरियामा पनि सबै संघ सस्थाहरुबाट सहयोग रकम जुटाउने अभियान सुरु भैईसकेको छ ।

(शिक्षण अस्पतालमा उपचाररार्थ पिताम्वर )
यसै बीच नेपाल आइपुगेका विष्णु थापाले त्रिवि शिक्षणं अस्पतालमा पुगी रानाको उपचारमा संकलीत तथा आफ्नो तर्फवाट समेत सहयोग रकम हस्तान्तरण गरेका छन ।
त्ष्सैगरी क्यानडामा रहेका रमेश पराजुलीको पहलमा पनि रानाको उपचारमा सहयोग रकम शंकलन जारी रहेको छ ।

मौले नरदेवको निधन

पिसाव लगायत अनेक रोगसंग संघर्ष गरेका नरदेव पान्डेको दुखद निधन भएको छ । उपचार अभावमा घरमै पीडा खपेर वस्न वाध्य नरदेवको उपचारकालागि राजधानीमा रहेका केही युवाहरुको पहलमा अस्पताल पुर्याइएपनि उंहा वाच्न सक्नु भएन ।
उपचारकालागि शुक्रवार मिसन अस्पताल ल्याइएका नरवेदको शनिवार दिउसो निधन भएको हो । अस्पताल पुर्याइएका उंहालाई विभिन्न रोगको संक्रमण एकैपटक देखिएको र उपचार ज्टिल वनेको चिकित्सकले वताएको उपचारमा साथै रहेका गणेश पान्डेले वताउनु भएको थियो । निधन पछि नरदेवको पार्थिव शरिरलाई विर्घा ल्याइएको र आइतवार विहान अरुवा घाटमा परम्परा अनुसार अन्तिम संस्कार गरिएको थियो ।
पान्डेको निधन पछि परिवारमा उंहाकी श्रीमती मात्र रहनु भएको छ । हिन्दु विधिपूर्वक उंहाका कान्छा भाइ तिलोत्तमा रुपन्देही निवासी ऋषीकेश पान्डे विर्घा ६ मौलामा क्रिया वस्नु भएको छ ।

मौले नरदेव उपचार अभीयान: हामी थाकेका छैनौ

IMG_1456
जीवनको अन्तिम आरोहमा पुगेका नरदेव पान्डेको उपचार मिसन अस्पताल पाल्पामा चलीरहेको छ । अस्पतालले धरौटी मागीरहेको छ र हामी दौड धुपमा लागका छौ । सवैको सक्दो सहयोगले उपचार संभव होला र यो एक वारको जुनीमा नरदेवले फेरी आंखा उघार्लान भन्ने विश्वास लिएर नै हामी घर घर कुदेका छौ न की फुर्सदले ।
तत्कालै रेस्पोन्स गर्ने शुभेच्छुक हाम्रा आत्मवल र विश्वासका श्रोत हुन । रकम अभाव, पारिवारीक सदस्य अभाव, दहे कांध थाप्ने सज्जनको अभाव, आम्दानीको श्रोतको अभाव उमेरको अभाव र भविष्यको संभावनाको अभावमा वांचेको दुखी परिवारलाई मानवीय नाताले सहयोग गर्न तम्सेका हामी थकित छौ तर विचलित छैनौ । हामी एउटा उदाहरण दिन चाहन्छौ रकम अभावले कोही विर्घावासी सामान्य रोगले मर्नु नपरोस । हामी देशको जिम्मा लिन सक्दैनो कम्तीमा परिवार, टोल र गांउको सहयोगमा खटिन सक्छौ । हामीसंग श्रोतको अभाव छ संभावनाको भविष्य छ । हामी साना मानिस हौ त्यसैले कसैको पुछाइ या मलाई खवर भएन भनेर पछि हट्दैनौ । भए सवैका साथ मिल्लान संभव नभए अटल विश्वास वोकेका हामी युवा केही हप्ताका खाजा खर्च कटौती गरौला र नरदेवलाई वचाउला ।
अपेक्षा ज्यादा नभएपनि नजिकका भनिएकाहरुलाई खवर नगरिएको होइन । मलाई खवर आएन, मलाई कसैलो सोधेन भन्ने र डाक्टर या नर्सलाई मैले चिनेको छु भन्दिउला भन्ने ओठे जवाफ वाहेक केही प्राप्त हुन सकेन । पुलिसको हवल्दार हुने योग्यता नराख्नेले आइजीपी मेरो साथी हो भनेर गड्डी हाक्ने मेरो गांउ । रुपैया नचुहाउनेले ठुलो दाताका गफ हाक्ने मेरो गांउ र कठै दुखी मौले नरदेवहरु भएको मोरे गांउ ।
हाल नरवेद पान्डेको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ । उंहाका साथमा लुंछेली गणेश कुरुवा वस्नु भएको छ । प्रारम्भीक रुपमा रु २५ हजार धरौटी राखिएको मा करिव ५० हजार जती लागत लाग्ने पूर्वानुमान गरिएको छ ।
युवाहरु
हालसम्मका सहयोग कर्ताहरु
१) दिलिप पान्डे – (मुलवाटा मुनी )रु १००० ।
२) दिपक पान्डे (मरेंगदा) रु १०००।
३) दिपक पान्डे (चिसापानी) रु १००० ।
४) कोशल राज पान्डे (मौले) रु ५००० ।
५) खड्ग राना – (कइन्डाडा) रु २००० ।
पहिलो दिन प्राप्त भएको
१) डा. आशोक पान्डे –(फेदी) रु २००० ।
२) माधव पान्डे –(मौला ) र लक्ष्मण पान्डे –(पुच्छार) रु ७५०० ।
३) विजय पान्डे –(फेदी) रु ५०० ।
४) अन्य : रु १०,००० ।
हल सम्मको कुल शंकलन रु ३० हजार मात्र रहेको छ ।
वृस्तित विवरणका लागि मौले नरवेद उपचार सहयोग संयोजक माधव पान्डेको मोवाइल नंर ९८५१०५०९१३ मा सम्पर्क गर्न सकिने छ ।

नरदेव पान्डेको उपचारमा सहयोग शुरु

विर्घा ६ मौला निवासी मौले नरदेव पान्डेको उपचारकालागि काठमाण्डौवासी युवाहरुले सहयोगको शुरुवात गरेका छन । मौला स्थित पुरानो निवासमा रहेका नरदेव पछिल्लो समय पिसाव रोकिने समस्यावाट ग्रस्त थिए । एक मात्र छोरीको वर्षौ पहिला विवाह भएपछि पान्डे दम्पती मात्र परिवारमा रहेका थिए । छिप्पीदो उमेर र विपन्न आर्थिक अवस्थामा रहेका पान्डेको दैनिक जीवन यापन नै असहज वन्दै गइरहेका वेला आइलागेको पिसाव सम्वन्धी समस्याको विपत्तीले ठुलो समस्यामा पारेको थियो ।
स्थानीय स्तरमा पिसावको पाइप लगाएर तत्कालको समस्या समाधान गरेपनि पान्डेको मुत्रनलीवाट रगत वग्न थालेपछि थप समस्या वल्झिएको थियो । स्थानीय स्तरको उपचार प्रयास असफल भएपछि थप उपचारका लागि रकम अभावमा घरमै रहेका पान्डेलाई अत्यन्तै कष्टकर अवस्थामा उद्दार गरी मिसन अस्पताल पाल्पा पुर्याइएको छ ।
विर्घा भरी वत्तीको झलमल भएपनि आर्थिक दुरावस्थाका कारण पाण्डे दम्पती पुरानो घरमा टुकीको भरमा वसीरहेका छन । आम्दानीको कुनै श्रोतको अभाव र वुढ्यौलीले गाज्दै लगेका पान्डे दम्पतीको आम्दानीको एक मात्र श्रोत रहेको वाख्रा पनि केही समय अगाडी चोरी भएपछि दैनिकी कष्टकर वनेको थियो ।
नरवेद पान्डेको उपचारका लागि स्थानीय माधव पान्डेको सक्रियतामा सहयोग रकम शंकलन शुरु भएको छ । उपचारकालगि झन्डै ६० हजार लागत लाग्ने प्रारम्भीक उपचारपछि काठमाण्डौमा रहेका शुभेच्छुकको पहलमा विहिवार देखि थालिएको सहयोग शंकलन अभियानमा करिव २० हजार जम्मा भइ उपचारकालागि पठाइसकीएको छ ।
सहयोग कर्ताहरु
१. डा. अशोक पान्डे रु २०००
२. माधव पान्डे र लक्ष्मण पान्डे रु ७५००
३. अन्य रु १००००
४. विजय पान्डे रु ५००
जम्मा २० हजार
सहयोग गर्न चाहनुहुनेले माधव पान्डेको मोवाइल नंवर ९८५१०९०५१३ मा सम्पर्क गर्न सक्नु हुने छ ।