गांउ सेवा परिवारको साधारण सभा हुदै


गांउ सेवा परिवारले आगामी चैत्र महिना भरी साधारणसभा गर्ने भएको छ । यही मंगलवार सम्पन्न परिवारको वैठकले संस्थाको स्मारिका काली गन्डकी प्रकाशन गर्ने तथा साधारण सभा गर्ने निर्णय गरेको हो । विंसं २०४१ वैशाख ३ गते जिल्ला प्रशासन कार्यालय स्यागंजामा विधिवत रुपमा दर्ता भएको गांउ सेवा परिवार यस प्रकृतिको नेपालकै दोश्रो सामाजिक संस्था हो ।
परिवारका महासचिव डा. धन वहादुर रानाको अध्यक्षतामा सिंहदरवार स्थित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सम्पन्न वैठकमा त्यस क्षेत्रका अगुवाहरुको उपस्थिति रहेको थियो । वैठकमा सचिव टोक राज पान्डे तथा सदस्यहरु दामोदर पान्डे, ठानेश्वर पान्डे र यज्ञ पान्डे उपस्थित हुनुहुन्थ्यो । पूर्व सचिवद्धय शंकर प्रसाद पान्डे, आत्माराम पान्डे, सह प्राध्यापक दुर्गा प्रसाद पान्डे, सहसचिव रेश्मीराज पान्डे, राष्ट्र वैंकका कार्यकारी निर्देशक शिवनाथ पान्डे, उपसचिवद्धय राम प्रसाद पान्डे र तारा प्रसाद पान्डे, शेरजंग राना र राजेन्द्र पान्डेको समेत वैठकमा उपस्थिति रहेको थियो ।
वैठकले कार्यतालिका पारित गर्दै आगामी हप्ता भित्र लेख रचना शंकलन विज्ञापन ंशंलन र तयारी गरी फाल्गुण महिना भित्र काली गन्डकी स्मारिका प्रकाशन गरी चैत्र महिना भरी साधारण सभा गर्ने निर्णय गरेको छ । वैठकले कालीगण्डकी स्मारिका प्रकाशन सम्वन्धी जिम्मा राजेन्द्र पान्डेलाई प्रदान गरेको छ ।

मेरा मित्रहरु

Birgha Syanjga's photo.


सालै जो पानी खायो वाघैलेः साथीहरुसंग थपडी वजाउदै मदन राना ।
कक्षा ५ पास गरेर कक्षा ६ का लागि जनता मावी जानु वेग्लै शान थियो त्यो वेला । ए अर्चले पढ्ने भइस भनेर गांउ घरेले तथा आफ्ना सिनियरहरुले दिने कम्प्लीमेन्टले कम्ता आनन्द दिन्थेन । विर्घामा रहेका भवानी र जनतामावी मध्ये वैघा तिर भवानी लोकप्रीय र पायकमा थियो भने विर्घातिर जनतामावी ।
हामी मौला कइन्डाडा र कट्टीका केटाकेटी जनतामावी तिरै जान्थ्यौ । हामी पढी राखेको जनताप्रावी कट्टी भन्दा जनतामावी कता हो कता ठूलो थियो । त्यहाका वेन्च डेस्क र पढाउने सरहरुको काइदा नै वेग्लै थियो । त्यसैले अर्चले सम्म पुग्नु फूर्ती वढ्नु थियो र नंया साथी वनाउने मौका पनि थियो । त्यतिवेला जमावीमा गुल्मीको पंहादी, धुसेनी, चेहेमी, लुम्पेक, हर्मीचौर र मिर्मीसम्मवाट पनि विद्यार्थीहरु आउथे ।
हामी फुच्चे केटाहरु गन्डकी पारी गुल्मीवाट आउनेलाई पारीका भनेर चिन्थ्यौ र उनीहरुको एकतावाट प्रभावीत पनि । अर्चले पढ्न जाने कक्षा ६ का फुच्चेहरु पारीका केटाहरुको पिटाइ नखाने कमै होलान । माने र शिवेले त सरलाई पनि पिट्छन गरेः हाम्रा सामु चर्चा हुन्थ्यो । अव सरलाई नै हात हाल्न पछि नपर्ने केटाहरुवाट हामीले पिटाइ खानु त नौलो थिएन ।
त्यति वेला स्कुलमा हर हिउदे छुट्टीसंगै हुने अखिल नेवीसंघको लडाइ नियमित नै थियो । नैन वहादुर, लालु वीक, देउ वहादुर वारीवाट र पारीवाट खिमे, माने, शिवे हरुको लडाइ चली रहन्थ्यो । अखिलको आक्रमणवाट जोगिन वैघाका मगर केटाहरु वोलाउन विर्घेली वाहुन केटाहरु तारन्तार गइ रहन्थे । विर्घा मुल भएरपनि होला अर्चले शुन्दर, राजु हरुको कामनै वैघा जानु केटा वोलाउनु हुन्थ्यो ।
दिनदिनै वोलाउन अप्ठेरो परेपछि विर्घातिरका केटाहरुले जुक्ती निकाले वैघा तिरका केही मगर केटाहरुलाई जमावीमा स्थायी भर्ना गराउने । त्यसै जुक्ती स्वरुप पारीको केटाहरुको पिटाइवाट जोगाउन दुत वनेर आइपुगे मदन, रेम वहादुर र महेश ।
अरुको तुलनामा मेरो क्लासको सहपाठी भएरपनि होला मदन मेरो नजिकको मित्र मन्डलीमा आइपुग्यो । सरल र सहयोगी मदन स्कुलका शुरुका दिनमा लजालु पनि थियो । उसको पढाइ भन्दापनि पारीका केटाहरुको पिटाइवाट जोगाउने हाम्रो रक्षा कवच थियो मदन । ठूलो जिउडालको मदन हेर्दापनि आकर्षक थियो ।पढाइमा भन्दा केटाहरुको सुरक्षामा वढि ध्यान दिएर होला मदन पढाइमा भने सामान्य थियो । कति पल्ट एक्जाममा मेरो र मदनको सिट एउटै पर्दा हामी बीच सहकार्य पनि भएको थियो । कपी हेर्न नदिए होडलो गर्ला भन्ने डरले होला हाम्ले अगाडी पछाडी हेरे सिट चेन्ज गर्दिने सरहरु मदनले कपी नै सारेको भेटेपनि नदेखे जस्तो गर्थे ।
पढाइको शिलशिला संगै मदन र म एसएलसी पछि छुट्टीयौ । मदनले पढाइलाई निरन्तरता दिएन भने म पाल्पा कलेज पढ्न झरे । मदन केही समय विदेश तिर रहेको थियो । बीचमा खासै भेट हुन नसकेको मदन कहिले कांही कट्टीको शहकारी तिर आउ जाउ गरेको खवर पाएपनि प्रत्यक्ष भेट हुन भने सकेन । परिवार सहित घ्यागंसिगं खरकमा रहेको मदन स्मृतिको कुनामा ओझेल परेर रहेको वेला एक्कासी तस्वीरमा भने देखा पर्यो । पछिल्लो समयको श्रृजनशिल भाई विष्णु थापाले खिचेका विर्घाका अनेक तस्विर मध्ये मगर नाचको फोटामो सहपाठीसंग ताली वजाएको मदन देखा पर्यो । अली छिप्पीएको मदनको तस्वीर भएपनि मेरो स्मृतिमा रहेको त्यही लजालु, त्यही खाइलाग्दो जिउडालको र हामी फुच्चेहरुलाई पारीका गोपाल, किस्ने र नन्देहरुसंग जोगाउने मदन धेरै वेर आइरह्यो ।
स्कुले जीवनका अनेक मित्रहरु अनेक शिखरमा चढ्दै होलान । कतिपय आफ्नै व्यवहारीक र पारीवारीक जीवनमा रमाइरहेका होलान, मेरो स्मृतिमा भने त्यही घर्ती रमेश, मदन, गक्रुंगाका यग्गे, विजय, भिम, गहलामको धु्रर्व, तुल्सीराम, डिल्ली नारायण, वर्राचौरको भिम, डिल्लीनारायण, वइघेली किस्न, शोभाखर, दिपक, केदार,पारीकी भगवती र पुच्छारकी रिम कुमारीहरुको पुरानो स्मृति घरी घरी आइरहन्छ ।

तान्छिनले तान्दा !


तानसेन भनेर चिनिने पाल्पाको सदरमुकामलाइ जनवोलीमा तान्छिन पनि भनिन्छ । हुनत आजभोली यसमा सुधार आएको होला यद्यपि मेरो पाल्पा अध्ययनताका यो तान्छिनसंग अनेक स्मृतिहरु जोडिएकाले त्यसका केही दृष्यहरु ।
बल्झिएछ यी घाउहरू
कता कता दुखे झै हुन्छ !
शीतलपाटी मुलढोका
चीसो मुहान सुके झै हुन्छ !
सपनाको यो यात्रामा
गन्तव्य अझै भेट्न सकिन
मुटुमा लागेको यो पुरानो घाउ
बल्झिरहन्छ मेट्न सकिन !
(लक्ष्मण देवकोटाका)पंक्ति जस्तै तानसेनको स्मृर्ती वेला वेला आइरहन्छ । अहिले कस्तो होला तान्छिन् घरीघरी एक्लै उराठ लाग्छ, तान्छिन् सम्झेर, तान्छिनकालका मित्रहरु संझेर।

मेसिन, म र सिर्जनशिलता

वावालाई किन मेसिन भनेको? ५ वर्षे छोरीले मेरो पक्षवाट सविनासंग प्रतिकार गरी । हुनत सविनाले पछिल्लो दैनिकी देखेर गरेको कमेन्ट मेरो गतिविधि नसुहाउदो पनि होइन । कहिले कांही यसरी त चल्दैन थोरै दैनिकीलाई चेन्ज गर्नु पर्छ भन्ने नलागेको होइन तर सवै कुरा आफ्नो वसमा मात्र नहुदो रहेछ । हर विहान ५ वजेवाट शुरु हुने दैनीकी वेलुका झन्डै ८ वजे सार्वजनिक सवारीमा झुन्डीएर घर पुग्दा लखतरान भएको हुन्छ । न केही मिठा कुरा न केही नविनतम प्लानहरु, एकलकाटे र एकलास जिन्दगी देखेपछि परिवारका सदस्य पनि नरिसाउन कसरी ।
* * * *
एउटै र एकल प्रकारको दैनिकीमा चलेपछि मानिसका सृजनशिलताहरु मर्दा रहेछन त्यसको जीवन्त साक्षी म भएको छु । लाभ हानीका अनेक श्रृखंलाहरु, तिव्र जनसम्पर्क, अपेक्षीत हरुलाई दिइने उत्तरहरु यी विषयले मानीसलाई मेसिन गराउन कुनै आइतवार नलाग्दो रहेछ ।
प्रकृतिसंग रमाउने, एकान्तिक यात्रामा निस्कने , कुनै सिद्ध पुरष वा साधु सन्तसंगका सामिप्यतामा रमाउने म पुरै एकलकाटै भएको झन्डै ४ महिना पुरा भएछ । यस बीचमा परिक्षाका तनावहरु, कार्यालय र अध्यापनका समय व्यवस्थापनले कुनै नविन वा श्रृजनात्मक काम गर्न दिएनन । सार्वजनिक सेवा प्रवाह, सार्वजनिक व्यवस्थापन वा संविधानवादका सिद्धान्तका ठेलीले कुनै गम्भीर पुस्तक समेत पढ्न पाइएन । हलमा पुग्न नपाएपछि काखे कम्प्युटरको पर्दामा समेत कुनै नंया फिल्म हेर्न पाएइन ।
* * * *
न पूर्व विद्यार्थी समाजका वैठकमा पुग्न पाइयो न गांउ सेवा परिवारको। व्यवहारले मित्र मन्डली र सुभेच्छुकहरु बीचमा स्वार्थी परिचय उभिए होला भन्ने डर लाग्छ ।
७२ कटेर ७३ मा पाइला टेक्दै गरेकी वृद्ध आमा एक्लै गांउमा सुसाउनुहुन्छ । सकन्जरी यतै वस्छु वजार हाम्लाई का रमाइलो लाउछर । आमा फोनमा भन्नुहुन्छ । थाहा छ आमा अस्ताउदो सूर्य हुन उनीसंगका अवका प्रत्येक समयहरु विशेष हुन । पुर्वार्धकी छोरी र उत्तरार्धकी आमा दुवैकालागि मेरो समय महत्वपूर्ण छ । सविनाकालागी त वांकी जीवन छ ।
* * * *
यो सिजनमा त माघको न्यानो ताप्दै टांकीचौरको उकालो चढ्नुको मजै वेग्लै हुन्छ । हिंउदे गोरसको ढाकनी खानु वा जन्ते वोकाको तात्तातो झोलको महत्व नै वेग्लै हुन्छ यो सिजनमा । शुदुर अतितमा ती सवै अनुभवहरु छन । तर वर्तमान रित्तो छ । स्मृतिले मात्र दिन काट्न मुस्कील हुदो रहेछ । शुन्दुर भविष्यको खोजीमा दुर दराजका देशमा वसेर पसिना वगाउने मित्रहरु र स्वदेशमा रहेपनि शुदुर अतितले घोचीरहने हामी बीच ठुलो अन्तर छैन यी कुराहरुमा । २ वर्ष दुख गरेर २ महिनाको छुट्टीमा आउनेले वरु अली धेरै गांउ वुझ्ला हामी वर्षको एक वार दशैका गोडा तीनेक दिन गांउमा झल्कीनेलाई खसीयत अझै थाहा हुदैन ।
चुच्चे ढुंगो उही टुंगो भने जस्तै जो जंहावाट आयो उसलाई त्यही प्यारो हुदो रहेछ । दुख किन नहोस सवैलाई आफ्नै विगत प्यारो लाग्दो रहेछ । तिनै शुदुर विगतलाई संझदा भोली नै हिडौ जस्तो लाग्छ तर अनेक उल्झनले कंहा त्यस्तो मेसो मिलाउछन र? शिवलाल, गन वहादुर दाई वा लुंछेली गणेश दाई र चिन्तामणी दाईहरुसंगका सहकार्यहरु झल्झली आखैमा नाच्छन तर वाधक वनेका छन समयहरु ।