नरदेव पान्डेको उपचारमा सहयोग शुरु

विर्घा ६ मौला निवासी मौले नरदेव पान्डेको उपचारकालागि काठमाण्डौवासी युवाहरुले सहयोगको शुरुवात गरेका छन । मौला स्थित पुरानो निवासमा रहेका नरदेव पछिल्लो समय पिसाव रोकिने समस्यावाट ग्रस्त थिए । एक मात्र छोरीको वर्षौ पहिला विवाह भएपछि पान्डे दम्पती मात्र परिवारमा रहेका थिए । छिप्पीदो उमेर र विपन्न आर्थिक अवस्थामा रहेका पान्डेको दैनिक जीवन यापन नै असहज वन्दै गइरहेका वेला आइलागेको पिसाव सम्वन्धी समस्याको विपत्तीले ठुलो समस्यामा पारेको थियो ।
स्थानीय स्तरमा पिसावको पाइप लगाएर तत्कालको समस्या समाधान गरेपनि पान्डेको मुत्रनलीवाट रगत वग्न थालेपछि थप समस्या वल्झिएको थियो । स्थानीय स्तरको उपचार प्रयास असफल भएपछि थप उपचारका लागि रकम अभावमा घरमै रहेका पान्डेलाई अत्यन्तै कष्टकर अवस्थामा उद्दार गरी मिसन अस्पताल पाल्पा पुर्याइएको छ ।
विर्घा भरी वत्तीको झलमल भएपनि आर्थिक दुरावस्थाका कारण पाण्डे दम्पती पुरानो घरमा टुकीको भरमा वसीरहेका छन । आम्दानीको कुनै श्रोतको अभाव र वुढ्यौलीले गाज्दै लगेका पान्डे दम्पतीको आम्दानीको एक मात्र श्रोत रहेको वाख्रा पनि केही समय अगाडी चोरी भएपछि दैनिकी कष्टकर वनेको थियो ।
नरवेद पान्डेको उपचारका लागि स्थानीय माधव पान्डेको सक्रियतामा सहयोग रकम शंकलन शुरु भएको छ । उपचारकालगि झन्डै ६० हजार लागत लाग्ने प्रारम्भीक उपचारपछि काठमाण्डौमा रहेका शुभेच्छुकको पहलमा विहिवार देखि थालिएको सहयोग शंकलन अभियानमा करिव २० हजार जम्मा भइ उपचारकालागि पठाइसकीएको छ ।
सहयोग कर्ताहरु
१. डा. अशोक पान्डे रु २०००
२. माधव पान्डे र लक्ष्मण पान्डे रु ७५००
३. अन्य रु १००००
४. विजय पान्डे रु ५००
जम्मा २० हजार
सहयोग गर्न चाहनुहुनेले माधव पान्डेको मोवाइल नंवर ९८५१०९०५१३ मा सम्पर्क गर्न सक्नु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *