साना साना खुसीहरु

“वनेके छ पहराले यो छाती मेरो
वगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मे टाकुरामा हुर्के
म झुक्दै नझुक्ने नेपालको छोरो”
गोपाल योन्जनको आवाजमा एकनास यही गीत वजिरहदा मलेसीयावाट भाइवर कलमा भाइ श्रीधर झुल्कीयो । दाई कंहा सेलाउनु भयो आजकल ? तपाई व्यस्त हुनुहोला त्यसो भन्दैमा हामी फुर्सदिला छैनौ । हामी तपाइका पाठक हौ, के हामी प्रति तपाइको जिम्मेवारी छैन?
श्रीधरका प्रश्नले मलाई गम्भीर मात्र वनाएन जिम्मेवार पनि वनायो । मेरा गम्भीर पाठक जस्ले मुख खोल्न भन्दा मनन गर्न उपयुक्त ठान्छन । जसले गांउको चासो र खवरदारी अनि माया एक साथ वोकेका छन । ती मित्रसंगको पुल हो विर्घा व्लग । आफ्ना भावना मुखले कहन भन्दा व्लगमा वहनमा मजा आउछ । त्यसैले त व्लग मेरो नजिकको भावना पोख्ने साथी हा र, पुल हो मित्र मन्डली संग सम्पर्क गर्ने ।
कति पहिराका कुरा गर्छौ प्रगतिका कुरा गर, कति गांउ घरका कुरा गर्छौ शहरका कुर गर कति विगतका कुरा गर्छौ वर्तमानका कुरा गर कति निभेको आगो खोस्रन्छौ वलेको आगो ताप भन्ने मित्रहरु शुभेच्छुक हरु नआएका होइनन । जीवनमा हुनेले भन्दा नहुनेले मन छोए । सफलतामा अट्टहास गर्ने भन्दा विफलतामा झोक्र्याएकाहरुले सामिप्यता पाए । मलाई वलेको आगो ताप्न होइन निभेको आगो खोस्रीन मन पर्छ । त्यसैले त विर्घा व्लग छ, तपाईहरु हुनुहुन्छ र म छु ।
जीवन गणीत होइन त्यसैले यो शुत्रवद्ध हुन सक्तैन । जीवन जीउन कला चाहिदैन यो भोग्दै जीइन्छ । जीवन ठुला उत्सव हरुको समारोह होइन यो त साना साना खुसीहरुको संगालो हो । सरल रुपमा लिनेले जीवन जिए, जटिल वनाउनेहरुले अपेक्षा गरे प्राप्त गरेनन र गुनासो गरे ।
खुशी तिनै मसिना विषयमा भेटिन्छन । मसिना खुशी वुन्न जो तल्लिन छन ती सन्तुष्ट छन । मध्यपुर्व र मलेसियामा रहेका तिनै मित्रहरु गंउमा साना साना खुसीहरुको योगमा व्यस्त छन । जटिल र निरन्तरको कामका वावजुत तिनै जोशिल युवा गांउ संझीन्छन । कतै विद्यालयलाई कम्प्युटर त कतै पाठ्य सामाग्री । कहिले विर्घा सहयोग समाज त कहिले स्यागंजा सहयोग समाज युएइ । तिनै मित्रहरुले गच्छे अनुसार पार्कमा भेला भएर जम्मा गरेको रकम गांउको विकासमा सहायक भएको छ । आफुलाई उच्च कुलीन या विशेष ठान्नेहरुवाट वरु गांउले केही पाउन सकेन । तिनै साना सहयोगले गांउ खुसी छ र मातृभुमी प्रति निभएको योगदानले सहयोगी मनहरु प्रसन्न छन ।
केही वर्ष अघीसम्म युरोप या अमेरिकामा सिमित इन्टरनेट कनेक्सन अहिले ती सवै मित्रहरुको स्मार्ट फोनमा अनलिमिटेड छ । मुलुक, गांउ, आफन्त र आफ्नो पनि हितमा लागीपर्ने तिनै मित्रहरु र उनीहरुको कर्मलाई लाख सलाम सहित ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *