मोह मेरो गांउमा

झम झम झरी परिरहेको काठमामाण्डौमा कम्ती रमाइलो हुदैन वाहिर झ्यालवाट हेर्न । यसै मेसोमा त हो डांडा पाखा हरियालीले चुर हुने । सानो क्यामेरा, मन मिल्ने केही साथी, हलुंगो रुक्स्याक वोकेर यतिवेला पहाड डुल्नुको मजा नै वेग्लै हुन्छ । चराको चिरविर या, घाम पानी परेको इन्द्रेणी, कल कल सुसाउने खोला या आकाशे सर्ट र निलो पाइन्ट वा फ्रकमा हिडेका स्कुले । यी तस्विर लिन पाए तिनीहरुसंग भलाकुसारी गर्न पाए त्यो भन्दा वढि रिफ्रेसमेन्ट मेरा लागि असम्भव छ । केही विकसित भनाउदा मुलुक घुमेर वा सयौ अट्ने यएरवसमा कृतिम हासो छर्ने अपरिचित शुन्दरीले दिएको वाइनको प्याला पिएर त्यो आनन्द पाइदैन । हगंकंगको मेट्रो रेल भन्दा मिर्मी विर्घाको कठिन जिप यात्रा प्यारो छ मलाई । मनिलाको स्टार वकको तितो कफी भन्दा, आमाको हातले वनाएको मही प्यारो छ मलाई । फुकोआ एयरपोर्टको सम्पन्नता भन्दा मेरै गल्यागं वा पाल्पा प्यारो छ मलाई ।
कृतिमतामा वाच्नेहरु मेरा आकर्षण होइनन, त्याग वा समर्पणमा वाच्नेहरु मेरा आदर्श हुन । अव्राहम लिंकनले छोरालाई दिएको शन्देश जस्तै फोकटमा मिलेका लाख भन्दा पसिनाका हजारहरु ज्यादा प्रिय छन मेरालागि । वलेको आगो ताप्नेहरु हजार छन शहरमा मलाई त निभेको आगो वाल्न कोशिश गर्नेहरु आदर्श लाग्छन ।
लगातार काठमाण्डौ खाल्डोमा वस्यो भने मलाइ जीवन निरश लाग्छ । कागवेनी या धुन्चे ठांटी, स्वर्गद्धारी वा चौरजहारी पुग्नु मन लाग्छ । पछिल्लो समय, समयले यति धोका दिएको छ जसलाई वस पार्ने मेरो सामर्थ कमजोर हुदै गएको छ ।
यस्तो झरी लागेको वेलामा खहरे खोलाहरु उर्लेको दृष्य हेर्न वाट म वन्चित छु । रुखका पालुवाहरु झांगिदै गएको दृष्यवाट वेखवर छु म । वर्षा याममा मात्र देखिने नविन पुतलीहरु वा मुल फुट्दै गएका पानीका मुहानहरुवाट म दुर छु । मलाई खेद छ यो कृतिम समयप्रति जसले विहान ५ वजेनै मलाइ व्युझाउछ । (म आफै त कंहा व्युझिन्छु र कृतिम फोनको घन्टिले मेरो निद्रा विथोल्छ । )
तोकिएको पाठ्यक्रममा रहेर तोकिएका विषयमा कृतिम तरिकाले तिथी मिति सिकाउने सिकाइवाट विस्मृत छु म । सधैको एउटै दैनिकी र सधैका उस्तै खाले प्रश्नहरु मेरा रुचिकर छैनन । दिनभरी पैसाको लालचले गैर कानुनी काम लिएर आउने तथाकथित वकिलहरुसंग दिग्दार छु म । साझको पुरानै रुटिन र त्यही नियमिततावाट आजित छु म । समय घर्किएको र वजारलाई छोप्न प्रकाशित गर्नुपर्ने पुस्तकको काम नसकिदा मेरो निद हराम भएको छ ।
पाठकसंग नियमति अन्तक्र्रिया गर्ने अभिलाशाले शुरु भएको विर्घा व्लगको यात्रालाई नियमित गर्न नापाउदा म लज्जित छु । दिन वित्दै जादा या उमेरले परिपक्व वनाउदै जादा समय वसमा नरहदो रहेछ । म यो सृस्टीको नियमवाट आजित छु ।
तर म निराश छैन । समयलाई वसमा ल्याउने अभियानमा छु म । लोभहरुलाई कम गर्ने, सिर्जना र सकारात्मकातालाई वढावा दिने ध्याउन्नमा छु म । यसै मेसोमा लाभ हानीका हिसावहरुलाई कम गरेर केही दिन काठमाण्डौ वाहिरको कुनै प्राकृत गांउको भ्रमणमा जाने तयारी मा छु । जुन भ्रमणले मलाई रिफ्रेसमेन्ट देओस र देओस कलिला वालवालिकाको वास्तविक हासो । देओस आरिश र कृतिमता वाहिरको सिर्जनाको मुल । जसवाट मिलोस आनन्द ।