अन्नपूर्णवाट आफ्नो गांउ संझीदा

हिउदको मध्य भएर होला चिसो वढिरहेको छ । विहान ३ डिग्रीमात्र रहेको तापक्रम विस्तारै तंग्रीदै १७÷१८ सम्म पुग्छ । उत्तर फर्केको कार्यालयको कोठा भएर होला घुंडा चिसिएका छन । विहानको वर्षौदेखिको कर्मकान्ड सकेर सवैरै कार्यलयमा आउनुको मजा नै वेग्लै हुदो रहेछ । शान्त वातावरणमा देश देशावरका संचारमाध्यममा आखा डुलाउदा फ्रेस महशुस हुदो रहेछ ।
यति वेला गांउ कुहिरोले छोपेकै होला । आमासंग हाते फोनमा वोल्छु जाडो छ वावु । म त आगो ताप्दैछु भन्नुहुन्छ । मिर्मी विर्घाका जीप हुइकिएका होलान । यसो मधुरो घामजुल्कीदा नै गांउले सर्याक सुरुक गर्दै घाम ताप्न निस्के होलान । स्कुले हरु कति वज्यो भन्दै स्कुल पुग्न हतारिदै होलान । शान्त कोठामा मेरापनि वाल्यकालका स्मृतिहरु लगातार आइरहेका छन ।

पिरम्लामा कालै दाग वस्ने गरी वुढावुढी अगेनामा घुस्रिएका होलान । अव रुख घासको वेला भएको छ । वुटामा चढ्न सक्ने मान्छेको महत्व वढेको होला गांउमा । किनकी गांउमा वुढा वुढी र केटाकेटीको वहुमत छ ।
माइती मावल ओहोर दोहोर गर्नेहरु फाट्ट फुट्ट देखिन शुरु गरे होलान । खेतमा छरेको गंहुमा सितका मधुरा शिरविन्दु ढलपल ढलपल गर्दै होलान । मंसिर र माघको सिजनले होला अझैपनि गांउमा उमेर पुगेका छोरा छोरी हुनेहरु इष्टमित्रकोमा कुरा पुर्याउदै होलान ।
स्कुले सरहरु कहिले जाडो विदा होला भनेर कुरी रहेका होलान । एकथरी फुर्सदिलाहरु भलीबलमा र उमेर काटा वसेकाहरु रमीमा खाल जमाउदै होलान । असम त महेशको ब्या गर्नेहो मिलाएर आउ है सेनवाउ भन्दै थिए गनवहादुर दाई ।

वारी खाली छन । वचे खुचेका मकैका डांढ छन । भुल्ली वाल्न कम्ता रुमाइलो हुन्थेन सांझमा सुकेका डांठ, गहते, पिडालु वा आलु पोलेर आगो ताप्दै बारीमा खानुको मजा नै वेग्लै । कस्को भुल्ली कत्रो भयो भनेर नाप्न । सानो तिनो भुल्लीमा जम्प लगाएर नाघ्न । वाह क्या मजाका दिन थिए ।
टेवलको पत्रिका पल्टाउछु अशोक दुलालले ललितपुरको माझगांउले पर्यटक पल्र्खेको कुरा लेखेका छन । म माझगांउका तस्विर हेर्दै मेरो गांउ कल्पिन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *