कोटका कुरा

कृष्णराज पाण्डेय
स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिका वडा नं. ४ मा अवस्थित बिर्घा कोट कालीगण्डकी वडा नं. ४ र नजिकका वडाहरुको धार्मिक आस्थाको केन्द्र हो । यहा दैनिक पूजा, विभिन्न तिथीहरुमा पञ्चवलीहरु तथा विजयादशमी (नवरात्र) मा घटस्थापनादेखि कोजाग्रत पूर्णिमा सम्मका दिनमा विशेष पूजा हुने गर्दछ । घटस्थापनाको पहिलो दिन जमरा राख्ने, अष्टमीको दिन उपासेहरुले गाउँ भरीका घर घरमा गई जसको घरमा जे फूलपाती, फल भेटिन्छ कसैसँग नसोधी÷नबोली टिपेर बेलुका डोलीमा राखी पटयाङ्गिनीमा पु¥याइन्छ ।

बेलुका पूmलपातीको स्वागतका लागि पट्याङ्गिनीमा कलश सहित दुई कन्याहरु र स्थानीय श्रद्धालु भक्तजनहरु जम्मा भएका हुन्छन्, बेदुवा (पुजारी) द्वारा पट्याङ्गिनीमा पूजा गरी त्यही कुभिण्डो बली दिईन्छ, भने स्थानीय गौतम टोलबाट पञ्चेबाजा र उपस्थित मध्ये धेरै जनाले हातमा लिएका चिरागले साँच्चीकै दशैको रौनक अष्टमीको रात कोटमा देख्न पाइन्छ ।
उपासेद्वारा पूmलपाती भित्राईसकेपछि पूजामा सम्मिलित हुन आएका श्रद्धालु भक्तजनहरुले आप्mनो घर÷घरबाट ल्याएको मानो चामल चढाउने र कसैले चामल ल्याएको छैन भने चामल बराबरको निर्धारित रकम बुझाउने प्रचलन रहेको छ । अष्टमीको राती आधा जुन अस्ताएको बेला (कालरात्री) कालो बोकाको बली दिइन्छ भने नवमीको दिन पञ्चबलि वा अन्य भाकलका बलिहरु दिइन्छ ।

बडा दशैंको दिन टीकाको साइतमा टीका लगाउन र घरघरमा लिएर जानको स्थानीयहरु जम्मा हुने र टीका जमरा घरघरमा समेत लिएर जाने प्रचलन छ ।
बिर्घा कोट मन्दिर सञ्चालक समितिका अध्यक्ष भीम प्रसाद पाण्डेका अनुसार परापूर्व कालमा पूmलपाती लिएर हिडेर गह्रोकोट जानु पर्ने हुँदा स्थानीयको माग अनुसार तालुकदार मार्फत सयौं वर्ष अगाडि देखि बिर्घा कोट त्यस स्थानमा सारिएको हो । त्यसबेला खरको छानो हाली मन्दिर बनाइएकोमा पछि कलकत्ता गई आएका लाहुरेहरुले छुट्टीमा आएका बखत गारो लगाएर टिनको छानो लगाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *