कालोपाटी मुक्त हुदै विर्घा


विर्घाका सवै विद्यालयहरु कालोपाटी मुक्त हुने भएका छन । दुई उच्च माध्यामिक विद्यालय सहित प्रत्येक वडामा रहेका विद्यालयलाई बिर्घा स्याङ्जा सहयोग समाज यु.ए.ई. ले सेतो पाटी वितरण गर्न लागेको हो ।
समाज ले जन्म भुमी सेवा समर्पित कार्य योजना अन्तर्गत बिर्घा गा.वि.स. का सम्पुर्ण सरकारी विद्यालयहरु,गा.वि.स. को कार्यालय,मातृभुमी पुस्तकालय,प्रहरी चौकी ,स्वास्थ्य चौकी मा सेतो पाटी वितरण गर्न लागेको हो । यही कार्तिक १ गते सोमबार श्री जनता उच्च मा. बि. को प्रांगण बिर्घा ३ अर्चले स्याङ्जा मा दिउसो १२ बजे कार्यक्रम आयोजना गरी सेतो पाटी वितरण गरिने समाजका अभियन्ता जीवन पान्डेले जनकारी दिए ।

परदेशमा रहेर काम गरेपनि मातृभूमीको दायित्व संझेर यो काम गर्न लागिएको हो उनले भने । समाजले यसअघि पनि भुकम्पका वेला गांउका भुकम्प पीडितकालागि सहयोग रकम प्रदान गरेको थियो ।
विर्घावाट युएईमा रहेका युवाहरुले यसअघि विभिन्न् विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेका थिए । कुरा गर्ने तर काम नदेखाउनेका अगाडी परदेशमा रहेको युवाहरुको कार्य अत्यन्तै सराहनीय भएको वुढापाकाहरु वताउछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *