कीर्तिपुर, संझना र मित्रहरु

राजधानीमा जाडो एक तमासले वढिरहदा मेरो मन पुराना कीर्तिपुरका स्मृतिहरुले निथ्र्रुक्क भिजेको छ । कीर्तिपुरका ती दिनहरुको स्मरण गर्दा पुरानो होस्टल र त्यस मानव निकुन्ज भित्र रहेका अनेक प्राणीहरु एक एक गरेर स्मृतिमा ओर्लीएका छन । नुतनको प्यारमा फिदा भएको निर्मल होस या वनस्पतिजन्य लागुपदार्थको खोजिमा हिड्ने व्रिजेस, टाइगरको भाइ विनोद हुन या प्रिय वमे, भरत र सधै ठन्डा यानेकी रुघाले सताउने पन्डीत, सदावहार विन्दास हरि दाइ हुन या उनका छिमेकी प्रमिला या गिता ।
कीर्तिपरमा २०१६ सालमा तत्कालिन शिक्षामन्त्री लक्ष्मीप्रसाद दे्वकोटाले देखेको सपना अहिले आएर साकार भएको छ । यानेकी त्यहा त्रिभुवन विश्वविद्यालय छ । र, त छन सपना अनि अनेक कल्पना र आंकांक्षाहरु । स्नातकोत्तरको पहिलो वर्षकालागि योग्य भएर शुदुर गांउवाट राजधानी छिरेका युवा युवतिहरु शुरुमा भइमै खुट्टा नभए जसोरी कीर्तिपुर भित्रिन्छन । यानेकी उनीहरु विश्वविजयको यात्रामा छन । जव द्धितिय वर्ष पुरा गरी थेसिसका प्रक्रिया र झंझटहरु निभाइ श्रम वजारमा उनीहरु पस्छन । लाग्छ उनीहरु वास्तविक धरातलमा छन । यो कथा हामी भन्दा अगाडी, हाम्रा पालामा र अहिलेपनि हुवहु लागु भएको छ ।
कीर्तिपुरको पहिलो दिनमा आएको युवालाइ हेर्दा र पढाइ पुरा गरी विश्वविद्यालयवाट निस्केको युवालाइ हेर्दा माथि भनिएको कुरा शत प्रतिशत शही भएको पाइन्छ । विषय फरक भएपनि मेरा मित्रमन्डलीमा अंग्रेजी साहित्यका साथीहरुको जगजगी थियो । कुरा हुन्थे ज्याक डेरिडा, लंकन या निचेका । फिक्सन पढिन्थ्यो फ्यांकस्टाइन वा द अल्कामिष्ट । कुरा हुन्थ्यो जर्ज वर्नाड शाको दैनिकीको वा अर्नेष्ट हेमिगेंको । त्यसैले त साथीहरुले सजग राणा, संजिव उप्रेती या शिव रिजालको जिन्दगी कपी गर्न खोज्थे । अनेक रंगिन विषय पढाइ हुने अंग्रेजी साहित्यका ,युवाहरु प्रेयसीको खोजिमा हुन्थे त युवतीहरु दह्रो साथको ।
त्यसमा कोमल ओलीले भनेझै मनमा आंट भाको र खल्तीमा गांठ भएका हरुले युद्ध जितेका पनि थिए । होस्टलमा पानी नआउने समस्या अव समस्या थिएन किनभने यो कमन भइसकेको थियो । राम दाइकोमा उधार खानु र हजार नाघेपछि वाटो जेन्ज गरेर हिड्नु साधारण भएको थियो । घरवाट आएको केही हप्तासम्म हिरो वन्न र पाटी दिन कोही पछि परेनन । उत्तम वड्डाले दांगं वाट ल्याएका दाल चामलले धेरैको भोक टार्यो । पन्डितका ननभेज जोकले सोझापनि वांगा वने । यी थिए कीर्तिपुरका आकर्षणहरु । आज कीर्तिपुरको पढाइ सकिएको केही वर्ष पछि कुनै मित्रको फोल्डरमा रहेका तस्वीरहरु पल्टाउदा म पनि नोष्टाल्जीक हुन पुगे र एक एक पुराना दिनहरु स्मृतिमा मडारिए । तिनै संझनाहरुलाइ अक्षरमा वुनेर माला वनाउने लालसाले यो चिसो हेमन्त ऋतुमा पनि अडिएर यो काखे कम्प्युटरमा अक्षरहरु चलाइ रहेको छु ।
यद्यपि मेरा स्मृतिका मित्रहरु मेरो सम्पर्क र सहकार्यमा छैनन नै भन्दापनि फरक पर्दैन । प्रतिभाशाली उत्तम पौडेल विवाहपछि काठमाण्डौमा रहेपनि सम्पर्कमा छैनन । विनोद पौडेल अमेरिकामा भाग्य अजमाउदै छन । गुड्डु उर्फ सुर्य मोहन अष्टेलीयामा जीवन जीउदैछन । वमे उर्फ प्यारो अीश्वन र भरत अष्टेलीयामै पीआरुको लडाइमा छन । विन्दास निर्मल उर्फ कवि विवाह गरी वरी सपत्नी सहीत अष्टेलीयाको कमान्डमा छन । सदनराज भन्दैछन अष्टेलीयाका त गोलभेडापनि के विधी ठुला हुन । दिपक गिरी अहिले हरिदाइलाइ समेत लिएर वर्दघाट तिर लागेका छन । पन्डीत उर्फ शुन्दर राजधानीको एउटा कुनामा छोरो हुर्काउदै छन ।

आनन्द र छोटे राजन पुरानो थात थलोमै माष्टर वनेका छन । नुतनले त्यतिवेलै नविन जीवन शुरु गरेर कवि उर्फ निर्मललाइ दर्हो जवाफ दिएकी थिइन । शुन्दरसंग संगै पढ्ने निशा निराकार भएकी छन । प्रमिला छोरी हुर्कीवरी श्रीमानसंगै छन । गीता कोमल वलीकै मार्गमा छिन । अनि ति तमाम मित्रहरु जो आझेलमा छन । कोही जिन्दगीको लडाइमै होलान कोही अग्रमोर्चा त कोही पृष्ठ मोर्चा । जो जंहा रहेपनि मेरा मित्रहरु हासी खुसी होउन जीवनका अनेक उकाली ओरालीमा सम्पर्क गर्न नसकेपनि, ती दिनलाइ फेरी फर्काउन नपाएपनि ती स्मृतिहरु ओकलेर उघ्राउदै वांकि जीवनयात्रामा हिडेको म फेरी त्यही कीर्तिपुर त्यही कोजी रेष्टुरेन्ट, त्यही विक्री भन्डार, त्यही पुरानो होष्टल र तीनै पुराना दिनका स्मृतिमा छु । प्रिय मेरा मित्रहरु…..
Songs6300photo085[1]
म जे छु ठिकै छु विथोल्न नआउः त्रिभुवन विश्वविद्यालय कीर्तिपरको मुख्य भवन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *