अलवीदा भगवती

Image may contain: 1 person, smiling, outdoor and closeup
घर एकै ठांउ भएपनि पछिल्लो पुस्ताका भाइवहिनी र हामी विचको सम्पर्क कम छ । गांउमा नभेटे नचिने पनि राजधानीको शंखमुलमा रहेको चैतन्य इन्स्टीच्युट अफ मेनेजमेन्टमा केही दिनको अफिसर तयारी कक्षा पछि म संग लजाउदै वोल्ने वहिनी थिइन भगवती थापा । मैले क्लासको अन्त्यमा आफ्नो घर विर्घा रहेको वताएपछि सर मेरोपनि घर विर्घा वासडांडा होनी भन्ने लजालु केटी थिइन भगवती ।
मैले पढेको जनतामावीमा पढेकी र म जस्तै निजामती सेवामा आउन इच्छुक थिइन भगवती । मास्टर्स सकेर शाखा अधिकृतको राम्रो तयारीमा रहेकी भगवतीमा मैले अत्यन्तै ठूलो संभावना देखेको थिए । सिकाउने र सिक्नेको रुपमा परिचय भएपनि मेरो गांउकी होनहार प्रतिभा लाग्थ्यो भगवती । उनीसंग मेरो औपचारिक वाहेक कहिल्यै कुराकानी भएन । यद्यपि उनले क्लासमा देखेएको लगनले उज्यालो भविष्यको संकेत गर्दथ्यो ।
निजामती सेवामा अव्वल प्रतिभा जन्माएको विर्घामा पछिल्लो समय त्यसको खडेरी हटाउन भगवती अगाडी आएकी थिइन । मैले आशा गरेका नंया पुस्तामा टंलेहवा लोकहरी थापा पछि भगवती थिइन । लोकहरी शाखा अधिकृत भइसकेका छन भने भगवती निकट भविष्यमा हुने वाला थिइन । शंभवत साउनको अन्तिममा हुन लागेको यसवर्षको शाखा अधिकृतको नतिजामा भगवतीको पनि नाम आउनेछ । तर विडम्वना अव उनले आफ्नो नाम गोरखापत्रमा छापिएको कहिल्यै पढ्न पाउने छैनन ।
विहिवार विहानै कोलम्वीया एकेडेमी वानेश्वरमा प्रहरी सहायक निरिक्षकको तयारीमा रहेका युवाहरुसंग छलफल गर्दैगर्दा अनायास आएको मित्र वुद्ध थापाको फोन कल उठाउ की नउठाउ भन्ने द्धिवीधासंगै अनायासै उठाए । सामान्यतया कक्षामा रहदा नउठ्ने फोन यही अप्रिय खवर सुन्न उठेको रहेछ । फोनको अर्को टुंगोमा वुद्धजी सुसाउनु भयो यो टुंगोमा म सुसाए ।
असार २१ गते वुधवार दिउसो आफुले उतिर्ण गरेको मास्टर्सको सर्टिफिकेट लिन परिक्षा नियन्त्रण कार्यालय वल्खु जादैगर्दा पछाडीवाट ट्रकले दिएको ठक्करले भगवतीको घटनास्थलमै निधन भएको थियो । वाइक चालक सकुसल रहेको र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई कालीमाटीमा राखेको खवर आएको छ ।
कार्वाहीको प्रकृया र क्षतिपूर्तिको प्रकृयाका विषयमा जानकारी लिएर वुद्धजीले फोन राखे पनि मेरो स्मृतिमा भगवती वहिनी आइरहीन । गएको चुनावमा विर्घामा भेट भएकी भगवतीसंग संयोगले गल्यागंवाट हामी एउटै माइक्रोमा काठमाण्डौ आएका थियौ । तिनै प्रतिभाषाली वहिनी भगवतीको दुखद दुर्घटनावाट भएको निधनले विर्घा र त्यस क्षेत्रले एक होनहार प्रतिभा गुमाएको छ ।
भगवतीको मृत आत्माले शान्ति पाओस । अलविदा भगवती वहिनी ।

5 thoughts on “अलवीदा भगवती

  1. हिजो देखि तिम्रो फोटोमा अलबिदा भगवती भनेको देखिरहेछु । मैले पत्याउनै सकिरहेको छैन र नपत्याएर पनि भएन । जनता मा.वी.मा तिमि म भन्दा केहि ब्याज अगाडिको मात्र हो । स्कुल लेबल सकिएपछि सायद तिम्रो र मेरो भेट चाहीँ भएको रहेनछ । हिजो एक्कासि तिम्रो यो खबर पाएपछि मेरो मन पनि झसंगै भो अझ तिम्रो घरमा के हाल भो होला । घरपरिवारलाई धैर्यधारण गर्ने शक्ति भगवानले दिउन । साथी #भगवती तिम्रो आत्माले शान्ति पाओस, तिम्रो बैकुण्ठमा बास होस्…

  2. हरेर लैजानेलाई पनि प्रतिभाशाली व्यक्तित्वको खाँचो पर्दो हो, यसैले यस्तो नमज्जाकोको खवर पढ्नु पर्छ, मृत आत्माले शान्ति प्राप्त गरोस् ।

  3. यो दु:खद खबर सुन्दा बिर्घा बासी मात्र नभएर हामी देश बासी लाई नि शोक स्तब्ध गराई रहेको छ। यस्तो होन्हार ब्यक्ती को भगवानलाई नि खांचो पर्दोरहेछ। मिर्त भगवती थापाको आत्माले शान्ती पाओस ।शोकाकुल घर परिवार मा भगवानले धैर्य रहने शक्ति पर्दान गरुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *