हिमानी आलमदेवीमा

पूर्वयुवराज्ञी हिमानी शाह मंगलबार स्याङ्जा आएकी छन् । यहाँको कालीगण्डकी गाउँपालिका अवस्थित आलमदेवी मन्दिर दर्शन गर्ने पूर्वयोजनाका साथ हिमानी स्याङजा आएकी हुन् ।

परापूर्वकालदेखि नै आफूहरुले कुल देवताको मन्दिरको रुपमा लिइने आलमदेवी मन्दिर राजपरिवारले हालसम्म पनि प्रमुख मन्दिरको रुपमा लिने गरेका छन् । छोरा रिद्रयन्द्र शाहको ब्रतबन्ध गरेपछि कुलको लागि चढाइएको भेटी छाड्न आलमदेवी आएकी हिमानी भेटी चढाएर मन्दिर दर्शन गरेलगत्तै पुन: पोखरा फर्किने बताइएको छ । छोरा रिद्रयन्द्र र छोरीहरु पूर्णिमा र कृतिका लगायत सुरक्षाकर्मी र अङ्गरक्षकका साथ आलमदेवी मन्दिर आएकी उनले पुतलीबजार नगरपालिका १ प्रगतिनगरस्थित ठकुरी समाजको भवन पनि उद्घाटन गरेकी छन् ।

प्रमुख अतिथिको रुपमा भवन उद्घाटन गरेकी हिमानीलाई आयोजकले शुभकामना मन्तव्यको लागि आग्रह गर्दा समेत अनौपचारिक रुपमा बोल्न नचाहेपछि उनी छोटो समय मञ्चमा बसेर आलमदेवी मन्दिर प्रस्तान गरेकी हुन् । नगरपालिकाको प्रमुख समस्याका बारेमा आफूमार्फत जानकारी लिइएको समाजका अध्यक्ष तुलसिंह ठकुरीले बताए । ७ आना ३ दाम क्षेत्रफलमा बनाइएको उक्त भवनमा दुईवटा तला रहेको छ भने चन्दाबाट निर्माण गरिएको उक्त भवनको लागत ८० लाख रहेको अध्यक्ष ठकुरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *