जनता मावी, पूर्व विद्यार्थी र धन दाई

Image may contain: 3 people, crowd, tree and outdoor
स्वर्ण महोत्सव मनाउन ठिक्क परेको जनता मा.वी.मा पूर्व विद्यार्थीहरुको गतिविधि पनि अविराम जारी छ । उपस्थित हुन नसकेपनि प्रत्येक मिटिगंको सूचना भाइ नारनले दिन छोडेको पनि छैन । नारन नहुदो हो त यो पूर्व विद्यार्थी गठन हुने पनि थिएन । कतिलाई आफ्नो नाम नआएकोमा चित्त दुख्ला तर तितो यथार्थ हो यो ।
हगाइ न बाटो छोडाइ भने जस्तो हरेक पद ओगट्न चाहने तर गर्ने हुति नभएका धेरैको जंक्सन हो जमावी र यहाका पदाधिकारीहरु । मेरै गोरुको १२ टक्का भन्नु पर्दा न स्वर्ण महोत्सव समयमै हुन सक्यो न ५० वर्षको स्वर्ण अक्षरमा लेखिने स्मारिका जस्तो महत्वपूर्ण ग्रन्थ तयार हुन सक्यो ।
पूर्व विद्यार्थी सकेको केही काममा लागेको छ । अधिकाशंत पूर्व विद्यार्थीहरु दरिलो स्रोत नभएकहरुा किन नहुन गच्छेअनुसार आर्थीक शंकलन चलेकै छ । हुनेहरु पाखा लाग्ने नहुनेले बल गर्नु पर्ने विडम्वनावाट गुज्रिएको पूर्व विद्यार्थी समाजले गएको दशैमा जनता मा.वी.को प्रागंणमा पुनर्मिलन समारोहको आयोजना गर्यो ।
अपेक्षाकृत कम उपस्थिति रहेपनि कार्यक्रम रमाइलो भयो । हुन त कार्यक्रम भएको धेरै महिना वित्यो । स्कुलवाटै देखिने कालीमा धेरै पानी वगीसक्यो यद्यपि मेरो समृतिको पन्तुरोमो थुप्रिएको स्मृति तत्कालिन तस्विरहरुले जगाइदिएको छ ।
Image may contain: 3 people, crowd and outdoor
विषय धेरै भन्दा पनि विम्वात्मक विषयले मलाई छोएको छ । पुनर्मिलन वा भेटघाट भनिएपनि मै जान्ने ,मै सुन्ने, मै गर्ने भनेर धेरै भाषण गर्नुपर्ने रोगले हामी धेरैलाई छोडेको छैन । ति अलाप मेरो संझनामा नरहेर ठिकै भयो ।
यद्यपि वृद्धवयका केही अभिभावकका अगाडी जोशीला युवतिहरुले रसिला प्रस्तुति दिए । कसैले गाए कसैले कम्मर मर्काए । जे गरे रमाइलोको लागि गरे । केही भाषण भए जसले आत्म रति दिलायो वांकी धेरै कुरा दिलाएजस्तो कम्तिमा मलाई लागेन ।
विर्घा विरानो वन्दै गएका त्यसै स्कुलका पूर्व विद्यार्थी डा. धन वहादुर रानाले राउसिनको रुखमुनी पुराना स्मृति केलाउदा कम्ती रमाइलो लागेन । आफ्नो पालाको पढाई, स्कुलका अतिरित्त कृयाकालाप र आफ्ना दौतरीलाई धनदाईले संझीदा म र म जस्ता धेरै मित्रहरु आफ्ना स्कुले दिनमा फर्किए । सवैले अपलक सुनेको त्यो मन्तव्यमा ठूल्याइ भन्दा सदासयता थियो । विज्ञता भन्दा वास्तविकता थियो र थियो पुरानो स्मृति ।
Image may contain: 1 person, crowd and outdoor
म जस्ता अस्तिका मानिसलाई विर्घा विरानो हुदै जादा जुग अगाडी स्कुल सकेका धनदाईलाई स्कुल पुरानो भए होला भन्ने मलाई लागेको थियो । यद्यपि उंहाका स्मृतिमा परेली भिजाउदा म अहिलेसम्म पनि नोष्टाल्जीक भएको छु ।
केही वर्ष पहिले करन्डाडामा मादल वजाएर धन दाईले मालुवा खोलाको भाका गांउदा म अचम्भीत भएको थिए । मेरो फेरी अचम्भीत हुने पालो थियो फेरी जनतामावी अर्चलेको प्रागंणमा धन दाइले पुराना स्मृति केलाउदा ।
धन दाई र धनदाई जस्तै अग्रजलाई विर्घा र त्यसका वास्तविकता संझीदिएकोमा सतत अभार । संझना रहीरहुन…..

Leave a Reply

Your email address will not be published. Required fields are marked *