विर्घा, वजेट,वाटो र वास्तवीकता


गत वर्ष रणनैतिक सडकमा परेको विर्घा रानीघाट सडक खन्डले वहुवर्षीय सडकको रुपमा निरन्तरता पाउने भएको छ । गत वर्ष मुलुककै ठुलो जलविद्युत आयोजना कालीगन्डकी ए लाई जोड्ने वैकल्पीक मार्गका रुपमा ६ करोड ३० लाख रुपैया वजेट विनियोजन भएको सडक यस वर्षको वजेटमा समेटीन सकेको थिएन ।
विर्घा ५ चिसापानी निवासी तथा हाल अर्थ मन्त्रालयमा कार्यरत युगराज पान्डेको विशेष पहलमा रणनैतिक सडक अन्तर्गत पर्न सफल उक्त खन्डका लागि गत वर्ष वजेट विनियोजन भएको थियो । स्थानीय स्तरमा अनेक प्रचारवाजी गरिएपनि सडकको वास्तविकता अर्कै रहेको जानकारहरु वताउछन । रणनैतिक सडकहरुले वहुवर्षीय सडकले जस्तो वजेटमा निरन्तरता पाउन सक्तैनन ।
आर्थिक वर्ष २०७३÷ ७४ को वजेटले स्यागंजालाई उच्च प्राथमिकता दिएपनि विर्घा क्षेत्र लाभान्वित वन्न नसकेपछि विर्घा ६ का राजेन्द्र प्रसाद पान्डेको पहलमा अर्थ मन्त्रालयमा निरन्तरको ताकेतापछि उक्त सडकलाई वहुवर्षीय सडकमा स्तरोन्नती गर्न अर्थ मन्त्रालयका उच्च अधिकारीहरु सहमत भएका हुन । वहुवर्षीय सडकको रुपमा वार्षीक कार्यक्रममा समावेश भएपछि आयोजना सम्पन्न नभएसम्म अर्थ मन्त्रालयले वजेटको कुनै कमी हुन दिदैन र सालवसाली रुपमा पर्याप्त वजेट विनियोजन गर्दछ ।

मिर्मी, विर्घा, आलमदेवी, लसर्घा वेसी, चन्डीभन्ज्यागं र पाल्पाको समेत विकासको लाइफ लाइन मानीएको उक्त सडक पुरा भएपछि विर्घा देखि वुटवल सम्मको यात्रा २ घन्टामा पुरा हुन्छ । स्थानीय रुपमा अनेक आश्वासन वाडींएपनि सस्तो राजनैतिक लोकप्रीयता वाहेक विकासको प्रतिफल प्राप्त हुन नसकेपछि स्थानीय युवाहरुको एक समुहले शुक्रवार अर्थ सचिव लोक दर्शन रेग्मी समक्ष माग पत्र लिएर पुगेको थियो । राजेन्द्र प्रसाद पान्डेको नेतृत्वमा गएको प्रतिनिधि मन्डलमा जलेश्वर पान्डे, दिपक पान्डे, नारायण पान्डे, गंगाधर पान्डे लगायतको सहभागीता रहेको थियो ।
प्रतिनिधि मन्डलको मागपत्र लिदै अर्थ सचिव रेग्मीले रणनैतिक महत्व समेत वोकेको मिर्मी रानीघाट सडक खन्डलाई वहुवर्षीय आयोजनामा समावेश गरिने र त्यसले काली गन्डकी ए का लागि वैकल्पीक मार्ग र स्थानीय आवागमनलाई सहज वनाउने वताए ।

प्रतिनिधी मन्डलले मिर्मी रुद्रवेणी सडक, आलमदेवीको पर्यटकीय गुरुयोजना, विर्घाको खानेपानी समस्या, काली गन्डकी क्याम्पस तथा भवानी उच्च मावीको भवन निर्माण तथा पुस्तकालय निर्माण, विर्घा स्वास्थ्य चौकीको स्तरोन्नती, विर्घा प्रहरी चौकी भवन निर्माण, विर्घा चन्डी भन्ज्यागं सडक सुधार लगायतका विषयमा पनि माग पत्र पेश गरेको थियो ।
माग पत्रका सम्वन्धमा प्रतिक्रीया दिदै अर्थ मन्त्रालयका उच्च अधिकारीहरुले मिर्मी विर्घा तथा रानीघाट सडक एवं मिर्मी विर्घा रुद्रवेणी सडकलाई उच्च प्राथमिकतामा राखिने, विर्घा प्रहरी चौकी भवन निर्माणका लागि वजेट विनियोजन भइसकेको तथा स्वास्थ्य चौकीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा स्तरोन्नती गरिने कार्य तत्काल शुरु हुने वताए । अन्य कार्यक्रमहरुकालागि पनि वजेट विनियोजन गरिएको र काम शूरु हुने जानकारी दिइयो ।
मिर्मी विर्घा रानीघाट सडकलाई वहुवर्षीय आयोजनामा समावेश गर्ने निर्णय भइसकेको छ । पत्र तयार हुदैछ पत्र वुझेर पोखरा सडकमा गई त्यहाका चिफ डिभिजनल इन्जिनियरलाई लगी सडकको निरिक्षण गराई असार भित्र ठेक्का शुरु गर्नुहोला । त्यसो भएमा मंसिरवाट काम शुरु हुन्छ । त्यसका लगि चाहिने करिव ३५ करोड रुपैया निकासामा कुनै व्यवधान आउदैन अर्थ मन्त्रालयका वरिष्ठ अधिकारीले प्रतिनिधि मन्डललाई वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *