नाटक,मन्डला र म

birgha1
नाटक
६४ वटा विभिन्न कलाको संयोजन हुने र प्रत्यक्ष कलाको स्वाद लिन पाइने नाटक संसारमै लोकप्रिय विधा मानिन्छ । वेलायतमा फिल्म हल भन्दा नाटक घरको संख्या वढि रहेको छ भनिन्छ । कति नाटक त सयौ वर्ष देखि लगातार मन्चन भइरहेका छन । पात्र फेरिन्छन विषय उही रहन्छ ।
कलाको प्रत्यक्ष अनुभूति हुने कारणले सस्ता फिल्म भन्दा नाटक धेरै कोटी माथि रहन्छन कलाका पारखीहरुका लागि । हुनत फिल्म पनि रुचीकै र मनोरन्जनकै विषय हो तैपनि पछिल्लो समय व्यावसायीकताले गाजेको वजारमा कमसल फिल्म हेरेर टाउको दुखाउनु भन्दा नाटकको प्रत्यक्ष स्वाद लिनु उपयुक्त हुन्छ ।
मन्डलामा हाल प्रत्येक दिन वेलुका सवा ५ वजेवाट शुरु हुने नाटक शुनकेशरी ऐतिहासिक विषय वोकेकी एक शुन्दर युवतीको कथामा आधारित छ । सय वर्ष पुग्नैलागेका पाका संस्कृति वीद सत्य मोहन जोशीले लेखेको शुनकेशरी नाटकको निर्देशन राजन खतिवडाले गरेका हुन । नाटकमा कणार्ली प्रदेशमा मध्यकालिन समयमा शुन्दरीको आकर्षण यसैकालागि भोट देखि जुम्लासम्मको लंडाइको विषय देखाइएको छ । सुत्राधारले कथाको शुत्रपात गर्दछ भने कलाकारले नाटकमा सक्दो गरेका छन । सरिता गिरी,सिर्जना अधिकारी, सुलक्षण भारती, सोमनाथ खनाल,निरज हुसेन, वुद्धि तामागंले प्रशशंनीय भुमिका निभाएका छन ।
birgha
मन्डला
नेपालमा रहेका महत्वपूर्ण थिएटर मध्ये मन्डला प्रमुख एक हो । आरोहण गुरुकुल, शिल्पी, एक्टर्स स्टुडीयो, सर्वनाम जस्तै मन्डलापनि चलेको नाम हो । रंगकर्मी आफैले आफ्ना पसिना वगाएर खालेको यो मन्डला नाटकघरले गत वर्ष अन्तराष्टिय नाटक महोत्सव समेत गर्न सफल भयो । राजधानीको मुटु अनामनगरमा रहेको मन्डलामा विविध विषयका नाटक हेर्न पाइन्छ । खासमा गुरुकुलको झझल्को मन्डलाले मेटाएको छ म जस्ता नाटक पारखीका लागि ।
म,
मन पर्ने शहरका ज्यादै कम विषयहरु मध्ये केही कफी सप र नाटक घर नै हुन मेरा लागि । करिव १५ वर्ष अगाडी राजधानी छिरेपनि कहिल्यै यंहाको शौन्दर्यले तान्न सकेन मलाई । यद्यपि मन वहलाउने ज्यादै सिमित ठांउहरु मध्ये कफी सप पछि नाटकघर हरु आए । यसै मेसोमा पुरानो वानेश्वर डाडोमा रहेको आरोहण गुरुकुल मेरो प्रिय गन्तयव्य थियो । दुर्भाग्य स्टेजका सामानहरु कवाडीलाई कौडीको भाउमा वेचेर मुग्लान जाने रंगकर्मी सुनिल पाखरेलको घोषणा पछि पनि राजनैतिक खेतिमा रमाएको हाम्रो समाज देश र सरकारले यो घोषणलाई हावामा उडाइदियो । एका एक नाटक गर्नेहरुका सपना खन्डहरमा परिणत भए र पुरानो वानेश्वरको नाटकले गुलजार भएको डाडो व्यावसायीक काममा पुग्यो ।
यसपछि सिंहदरवार पेरी फेरी झुम्मीएको मेरालागि नाटकको धित मार्नका लागि अनाम नगरमा आइपुग्यो मन्डला थियटर । हुनत मित्र युवराज घिमिरेले शिल्पी थिएटरको काम अगाडी वढाइरहनु भएको छ । यद्यपि मेरो पायकमा रहेको मन्डला हालको गन्त्व्य वनेको छ । विगतका जस्ता शिवहरी मैनाली, वमे उर्फ प्यारो मित्र अश्विन, पन्डित उर्फ शुन्दर, कवि उर्फ निर्मल, गुड्डु उर्फ सुर्यमोहन, ह्यारी दाइ उर्फ हरी गैरे हाल छैनन । भविष्य अजमाउन कोही युरोप अष्टेलीया त कोही हेल्मेट टिचरको दौडमा छन । तैपनि ती मित्र र नाटकको या दभने मलाइ घरी घरी आइरहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *