शंकटका शारथीका कुरा

संजालको जंजालमा नवसेपछि फुर्सदीलो वन्ने समय आउदो रहेछ । मनमा कुरा नखेल्ने को पो होला र? कसैलाई पदको कसैलाई भोकको त धेरैलाई रोगको डरले निन्द्रा हराउने समयमा हामी बाचेका छौ ।
सुरज पन्डितले रेलको वाटो गीतमाभनिरहेका छन…
रेलको वाटो पुग्दैछ रे तिमी वस्ने शहरैमा,
हुम्ला मोटर कहिले आउला वस्याको छु रहरैमा
सिटामोलको अभावमा मर्नू पर्ने कोही
चोटलागे भोकलागे पनि वस्नु पर्ने रोई,

तुईन चढेर नानी वावु स्कुल गएको विषयलाई गायकले अलाप गरीरहदा मैले गुन्द्री वोकेर जनता प्रावी जानु परेको वेला संझेर नोष्टाल्जिक भएको छु । मैले भोगेको समय र अहिलेको समयमा गांउमा ठूलो अन्तर छ । वैदेशिक रोजगारीले उपभोग क्षमतामा वढोत्तरी गरेको छ । स्मार्ट फोन र एलइडी टिभी मानिसका घर घरमा भित्रिएका छन । पाए वाइफाइ नभए प्याकेजमा लिएको डाटाले देश विदेश जोडेको छ ।
राजधानीमा के भयो? क्षणभरमा हातमा खवर आउछ । कोरोनाको कुन महामारी चलेको छ र अवको भेरियन्ट कुन हो भनेर गफ दिन सक्ने भएको छ गांउ । यस्तो खालको समयले ल्याएको विकास भएपनि जुन गतिमा यसले फड्को मार्नुपर्ने हो त्यो गतिमा उकालो नलाग्दा मातृभूमिको श्राप लाग्ने डर वेला वेलामा आउछ ।
मनिसको उचाइ नाप्न उ कंहा पुग्यो भन्ने हेरेर हुदैन उसले आफ्नो विगत कति संझेको छ भन्ने मापन गरे पुग्छ । गांउप्रतिको माया र त्यसले ल्याएको हुटहुटीले सन् २००६ वाट ब्लग लेखन शुरु गरेको थिए विर्घा ब्लगका नांउमा । इन्टरनेटको एक्सेस सजिलो नभएको समयमा शुरु भएको ब्लग लेखन २०१३ मा जादा वल्र्ड प्रेसले विर्घा ब्लगसमको फ्रि स्पेस उडाएपछि खेर गयो । पछि आफै खरिद गरेको डोमेनमा विर्घा ब्लग चल्दै छ ।
आज जस्तो संजाल व्यापक नभएको समयमा दुर देशमा रहनेहरु र मुलुकभित्रै भएपनि गांउ वाहिर रहनेहरुकालागि ब्लगले देश संझाउने काम गरेको थियो । विस्तारै इन्टरनेटको एक्सेस वढ्यो । फेसवुक जनजनमा लोकप्रिय भयो । यसै समयमा अनन्त भाईहरु लगायतले हेलो विर्घा हेन्डीलमा फेसवुक पेज शुरु गरे ।
विस्तारै संजालमा जोडिनेको संख्या वढ्दै गयो । आज दशहजार वढि रहेका यसका सक्रिय सदस्य आफैमा ठूलो पुंजी हो । मुलुकमा दोश्रो चरणको कोभीड महामारी फैलदा यही ह्यान्डील गांउ संझने माध्यम वनेको छ । कुनै औपचारिक तयारीविना शुरु गरिएको विर्घामा अस्पताल समयमै उपचार अभियानले गति लिएको छ ।
मातृभूमिलाई माया गर्नेहरुले सच्चा दिलले गरेको सहयोगले झन्डै २५ लाख नगद सहयोग र उत्तिकै मात्रामा जुट्दै गरेको जिन्सी सहयोगले उत्साह भरेको छ । गरे के हुदैन र? यो अभियानले पुष्टी गरेको छ । विस्मृतिमा पुग्न लागेकाहरुको संझना ताजा भएको छ । अभावमा आवस्यकता वढि खट्किन्छ भन्ने कुरा मध्यपूर्व, खाडी वा युरोप अमेरिका वस्नेले देखाएका छन । आफ्नो सिमित स्रोतवाट मन खोलेर गरेको सहयोगले गति लिएको देख्दा सबैको मन प्रफुल्लीत भएको छ ।
सरकारी, गैरसरकारी, निजी सबैको सहयोगको यो रुपले निरन्तरता पांउदा एमबीबीएस डाक्टर लगायत अन्य प्राविधिक कर्मचारी र उपकरणले अस्पताल भरिने आशा जगाएको छ । करन्डाडामा रहेको अस्पतालको अभियानलाई पूर्णता दिएपछि, कालिगण्डकी गांउपालिकामा रहेका अन्य स्वास्थ्य चौकीहरुको पनि स्तरोन्नती गर्नुपर्ने छ । वाटो, पानी, विद्यालय र अन्य सामाजिक काममा अभियानलाई जोडिन सबै क्षेत्रको सुझाव छ । यंहाहरुले मन खोलेर गरेको सहयोग युवा पुस्ताप्रति सहपाठी र अग्रजले देखाएको विश्वास हो । अभियानले आकार वढाउदै जांदा यसको पारदर्शीता, निरन्तरता र एकताकालागि थप सचेत हुनु पर्ने छ । घरको मानो खाएर अस्पतालको छानोको लागि खटिने युवा साथीहरुको जोश अनुकरणीय छ । अघिल्लो पुस्ताले कंहा कमजोरी पाइएला र खोट लगाउला भन्ने होइन, कसरी युवाहरुको हौषला वुलन्द पार्न सकिन्छ? यसमा ध्यान दिनु जरुरी छ । शंकटका सारथी वनेका युवाले जोशका हरेक पलमा होस पुर्याउनु पर्ने भएको छ ।
अभियानले लक्षीत उद्देश्य हासिल गर्नु पर्दछ । यसमा केही समस्या आयोभने समस्त युवा पुस्ताप्रतिको विश्वास उड्ने छ । त्यसका लागि सबैमा सचेतना, सतर्कता र प्रतिवद्धताको जरुरी छ । आगे समयको मर्जी ।

One thought on “शंकटका शारथीका कुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *