पैदलै हिंडी- रानीघाट र रिडी

अक्टोवर २९, २००७ मा साबिकको विर्घा व्लगसममा प्रकाशित यो सामाग्री अर्काइभवाट लिइएको हो । समय, मात्र होइन यससंग जोडिएका स्मृतिहरु वाहेक सबै परिवर्तन भइसकेको यो पुरानो प्रशंग शंझनाका लागि !

Shreenagar Tansen Palpa Nepal: पाल्पा रानी घाट …

जमरा सेलाउने पुर्णीमाको भोलीपल्टका घाम अरुदिन भन्दा तेज थिए । यसै दिन हाम्रो नंया ट्रेकिङ रुट पहिल्याउने यात्रा तय हुदै थियो । यात्रामा मेरा मित्र तथा पुल्चोकवाट सिभिल इन्जिनियरिङमा स्नातक सक्दै गरेका भाइ रमेशले साथ दिने भएका थिए । हाम्रो यात्राको गन्तव्य काठमाण्डु भएपनि नंया ट्रेकिङ रुट पहिल्याउन हामी दत्त चित्त थियौ । यो रुटको विकास गरी पर्यटक भित्र्याउन सके दुर्गम मानिएका यी गांउमा पनि विकास हुने र जनताको जीवनस्तर उठ्ने हाम्रो सपना थियो । अत्यन्तै संभावना युक्त भएर पनि मिर्मी, सेदिवेणी, आलमदेवी, रानीघाट, छेर्लुङ हुदै अर्गली निस्कने रुट सधै ओझेलमा परेको थियो ।

यसैको संभाव्यता अध्ययनकालागि निर्धारित हाम्रो यात्रा कष्टपुर्ण भएपनि लक्ष्यसाथ तय भएकाले रमाइलोपनि उत्तिकै थियो । ९ गते षष्ठीको विहान सवा सातवजेतिर रमेशले मलाइ व्युझाए । आमाले केही खाएर हिडिदिए हुन्थ्यो भन्ने वात्सल्यता देखाउदा देखाउदैपनि आलमदेवीको पनि दर्शन गर्ने तय भएकाले केही वोल्न सकिरहनु भएको थिएन । सहरमा रुपान्तरण हुदै गएको मेरो गांउमा सवारी साधनको निकै चहलपहलका बिच काठमाण्डौ आउनपनि हामीले उल्टो गन्तव्य चुनेकोमा केही लाल वुझक्कडहरु छक्क परेका थिए । विहानको करिव ८:३० वजे हामी झोला भिरेर लाग्यौ उकालो यात्रामा । नंया ठांउको यात्रा गर्नु कुनै गहकिलो पुस्तक पढ्नु जत्तिकै हो भन्ने मान्यतामा विस्वास गर्ने भएकाले होला यात्रा रमाइलो र स्मरणीय हुने कुरामा म ढुक्क थिए । रमेशसंग त ट्रेकिङकालागि फिट हुने रुक्स्याक रहेछ, म भने अफिसियल हुन सुहाउने व्याग वोकेर यात्रामा लागेको थिए ।

शाहवंशको कूल मन्दिर आलमदेवी …

यात्रामा ड्राइ फुड उपयुक्त हुने भएपनि छोटो यात्रा भएकाले हामी त्यसको जोहो. गर्नु पट्टी लागेनौ । यद्यपि खल्तीभरी चकलेट वोक्ने र यात्रामा भेटिएका वालवालिकालाइ वाड्दै उनीहरुसंग भालाकुसारी गर्ने पुरानो वानीलाइ मैले यसपटकपनि निरन्तरता दिएको थिए । वैघा भन्ज्याङ करिव एक घन्टाको उकालो चढाइमा उक्लिएपछि हामीले डांडामा केही वेर थकाइ मार्यौ । शिखरवाट धित मरुन्जेल तस्विर लिने हाम्रो रहर भने मौषमको कारण पुरा भएन । घाम तेज लागेपनि तुवालो हाम्रो वाधक वनेर आइलाग्यो ।

वैघा भन्ज्याङमा केही वेर पिङ खेलेपछि हामी लाग्यौ आलम तर्फ । साथमा पानीपनि नभएकाले मुख सुकाउदै एक घन्टा हिडेर पुगियो – आलमदेवी । मेरो घर गांउ नजिकैको मन्दिर परिचित भएपनि समयक्रममा भएका परिवर्तनहरु हृर्ने मेरो इच्छा थियो । आलमको डांडोमा रिसोर्ट वनाउन नसकेपनि एउटासम्म गेष्ट हाउस वनाउन सके यंहाको टुरिजम डेभलपमेन्ट हुने कुरामा शंका गर्न सकिन्न । यो रमणीय डांडोमा रात विताउन पाए देश देशावरवाट आउने पर्यटकहरु कति खुसी हुन्थे होलान । सांझको जुनमा मायालुका हात समाउदै लसर्घा डांडो नाप्न पाए उनीहरुले आफुलाइ कति भाग्यमानी संझिदा हुन ।

Rastrabani.com | 'माघे संक्रान्ति' र रुरु …

विहानको सिरेटोमा रानीघाट दरवार र विर्घाको फांटलाइ क्यामेरामा कैद गर्न पाए उनीहरुले संसार जितेको महसुस गर्दा हुन । यस्तै तर्कना मनमा खेलादा खेलाउदै हामी पुगियो लसर्घा डांडामा । जंहा विक्रमको १९९५ देखि राजा जैन खांनको किल्लाको रुपमा रहेको पिठ शैलीको मन्दिरमा आलमदेवी रहेकी छिन । आलमदेवीको मन्दिर पिठ शैलीको छ । जसको आधुनिक निर्माण राजा विरेन्द्रका पालामा विक्रमको २०३७ मा सरकारी सहयोग तथा जनश्रमदानका आधारमा वनाइएको हो । आलममा पानीको समस्या सधैभरी उत्तिकै छ । धेरैले धेरै आश्वासन दिएपनि यंहाको खानेपानी समस्या सधैको गुनासोको विषय वनेको छ ।

आलमदेवीको दर्शनपछि हामीले केही समय खानाकालागि पर्ख्यौ । स्थानीय मोहन रानाकोमा खानापकाउन लगाएर हामी केही समय टहल्नमा वितायौ । लोकल स्वादमा मोहन रानाकी श्रीमतिले खुवाएको आंपको अचार र लर्केको दालसहितको भातले ज्रि्रो जगायो । खानापछि ढिला नगरी हामी ओर्लियौ सटुका हुदै रानीघाट तर्फ । राजा खड्ग शसमशेरले आफ्नी प्राण प्यारी रानीको स्मृतिमा वनाएको रानीघाट दरवारलाइ मुगल सम्राट अकवरले वनाएको ताजमहलसंग तुलना पनि गरिन्छ । रानीघाटमा रहेको स्याङजा र पाल्पालाइ जोड्ने पुल पार गर्दै हामी पुग्यौ रानीघाट ।

तानसेनमा भ्रमण बर्षको शुभारम्भ …

रानीघाटको वाटो विगतमा धेरै पटक ओहोर दोहोर गरेपनि धेरै समय नहिडेकाले मलाइ नौलो लागिरहेको थियो । रानीघाटमा रहेको सानो वजारमा विगतमा जस्तो चहलपहल थिएन । जुम्रा मार्दै वसेको महिलाहरुको हविगत हेर्दापनि रानीघाटको व्यापार खस्केको कुरा कसैलाइ सोध्नै नपर्ने गरी छर्लङ थियो । रानीघाटपछि हामी करिव डेढ घन्टाको हिंडाइमा पुग्यौ पाल्पाको छेर्लुङ । कोजाग्रत पुर्णीमा हिजै सकिएपनि तिथीको घटवढका कारण धारा पिपलमा रहेको विद्यालय प्राङगढमा सराए नांच चलेको रहेछ । स्थानीय युवाहरुले तरवार लिएर वाख्खै भन्दै नांचेको नांच मैले जीवनमा पहिलो पल्ट हेर्दै थिए ।

ठुलो मेलाका साथ चलेको नांचमा केही युवायुवतिहरु मादलुको तालमा माया चन्चले गांउन व्यस्त थिए । मित्र रमेशले पिङ खेल्ने रहर गरेपछि हामीपनि परिचित झै पिङ खेल्न लाग्यौ पिपल तर्फ । पाहुनाको सम्मान गर्न नसिकेको स्थानीय युवाले पालो नदिएपछि हाम्रो पिङ खेल्ने रहर भने अधुरै रह्यो । मेरो ध्यान पिङतिर गएको मौकामा रमेशले भने केही युवतिसंग वात मार्न भ्याएछन ।

केही समय छेर्लुगंमा विताएपछि हामी तेर्सियौ अर्तुवा तिर । त्यसदिनको वास अर्तुवा वस्ने निधो भएपनि सानो गांउ भएकाले हामी अर्गली नै पुग्ने निधोमा लाग्यौ । भ्खरै डोजर हिडेको कच्ची मोटरवाटो हुदै हामी लाग्यौ अर्गली तर्फ । साझ झपक्कै भएपनि पुर्णिमाको आशपास भएकाले जुनको रछायामा हामी वेलुका आठवजे पुग्यौ अर्गली । वासको राम्रो व्यवस्था नभएपछि हामी लाग्यौ अर्गलीकै देउराली वजारतर्फ ।

देउराली वजारमा वास खोज्दै जांदा भेटिए माओवादीका नेता नेत्र पाण्डे । भुमिगतकालमा चर्चा वटुलेका नेत्र फरासीला भएपनि मार्सल आर्टका खेलाडी भएकाले हाउभाउमा त्यो कुरा प्रष्टै आउदो रहेछ । माओवादीको भुमिगतकालमा ख्याति कमाएका नेत्रसंगको भलाकुसारी पछि हामीले वास पायौ नेत्रकै दाजु नित्यानन्द पाण्डेकोमा । रक्सी खाने स्थानीय युवाको आलोचनामा मग्न नित्यानन्दले हाम्रा आंखा छलीछली मदिरा सेवन गरेको रमेशले फेला पारी छाडे ।

Shot.

स्थानीय क्लवले रात्रीकालागि आयोजना गरेको सास्कृतिक कार्यक्रम हेरन उनै नित्यानन्दको साथ लागेर हामी लाग्यौ श्रमैश्वरी भगवतीको मन्दिर तर्फ । ठुलो जनसमुहको उपस्थिति रहेको कार्यक्रममा मदिरा सेवन नगरेका भने विरलै भेटिए । अर्गली मदिरामा मस्त रहेको निष्कर्ष निकालेर कार्यक्रम चल्दै गर्दा हामी फर्कियौ सुत्न । हिन्दी गितका क्यासेट लगाएर नाच्ने कार्यक्रमले हामीलाइ त्यति रोचकता दिन भने सकेन । यद्यपि स्थानीय वुढा वुढीहरुसमेत मध्यरात कट्दापनि नाच हेर्नमै मस्त थिए ।

हिडाइको थकाइले निद्रा विहान आठ वजेमात्र खुल्यो । म त अझै केही वेर सुत्ने मुडमा थिए भाइ रमेशले किच-किच गरेपछि वाध्य भएर उठ्नै पर्यो । १० गते विहान हामी लाग्यौ रिडी तर्फ । जंहावाट हाम्रो पैदल यात्राको गन्ँतव्य सकिदै थियो । रिडीमा पुगेर कालीको स्नान गरेपछि हामीले रिषिश्वरको दर्शन गर्यौ । वस्ती उजाड भएको जस्तो लाग्ने प्राचिन रिडी वजारको रौनक हराएको थियो । हुने खानेहरु वुटवल वा काठमाण्डौ झरेका थिए भने आर्थीक अवस्था कमजोर भएका र शन्त महन्तहरुको वाहुल्यता थियो रिडी वजारमा । दर्शनपछि केहीवेर वजार घुमेर लाग्यौ हामी पाल्पा सदरमुकामा तानसेन तर्फ ।

वसको छतको यात्रा रोचक रमाइलो र स्मरणीय थियो । पाल्पा पुगेर केही वेर घुमेपछि हामी झर्यौ वुटवल । वुटवलमा काठमाण्डौका लागि वसको टिकट नपाएपछि हामी लोकल रुटको गाडी हुदै आइपुग्यौ नारायणगढ । नारायणगढमा मित्र अभिनवलाइ भेटेपछि हामी वसमा झुन्डिदै आइपुग्यौ मुग्लिङ । दशैको वेला भएकाले वसमा खुट्टो हाल्ने ठांउ थिएन । छतमा पनि मान्छे टन्नै । मुग्लिङवाट काठमाण्डौ आउने पोखराको वसमा वेन्चमा वसेर मित्र रमेश र म ११ गते विहान आइपुग्यौ कलंकी । यो काठमाण्डौ छिरेपछि तनाावको कुरा लेखेर यो रोचक यात्रालाइ दिक्क लाग्दो नवनाउ भो । अजलाइ यति है त ।

2 thoughts on “पैदलै हिंडी- रानीघाट र रिडी

  1. सर हजुरको बिर्घा र रानिघाट बास्तवमा रमनिय छ । म रानिघाट पुग्दा बाटोमा भएको दुख र पिडा तयाहाको रमनिय दृष्यको कारण बिर्सेको कुरा मलाई पनि सम्झना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *