फडीयार, समय र म

Photo

लामो समयपछि एक दिनका लागि विहानी मेलोवाट विश्राम मिलेको थियो । मिलेको थियो पनि कसरी भन्नु क्वाटरफाइनल चरणको अन्तिम गेम हेर्न मिलइएको थियो । तर के गर्नु पापी निद्राले गेम हेर्न दिएन । विहानै एक मित्रले सानो ठिमी आसपास एक घन्टा कुदाए । करिव एक घन्टाको कुदाइमा म लखतरान भएको छु । शरिर तातेको छ । हर्रर्र ज्वरो आउला जस्तो भएको छ । दिन भरीमा मुस्किलले १०० मिटर पैदल हिड्ने म पुरै व्रोइलर कुखुरा भएको रहेछु । हे भगवान यस खाल्डोमा वस्ने अधिकांश त्यस्तै त होलान ।
गांउ थियो मित्र थिए , पौडिने वानी थियो, आफ्नै पोखरो वा कुलाको बहाद थियो । यति पनि नभए अरुवा थियो । सके काली गन्डकी थियो नसके छेउमा पानी जमेका ढोब्ला थिए । पौडाइ थियो, अरुवा सम्मको दौडाइ थियो । साथ थियो, साथी थिए । भोक लागे आप थियो । तिर्खा लागे अमला थिए । स्कुल जान दुख लागे पुट दुखेको वहाना थियो । घांस काट्न अल्छी लागे हात काटेको अभिनय थियो । लाग्दो हो दुख थियो, अभाव थियो, जीवन कठिन थियो ।
वर्षौ पछि आएर यो व्रोइलर जिन्दगीमा आइपुग्दा मनले गम खादैछ जे थियो त्यही थियो । जे छ त्यही छ । जो थिए त्यही थिए । फडियार पाक्थे, आप पाक्थे, कटहर पाक्थे, मकै खाने वेला हुन्थ्यो । के थिएन गांउमा । सवै चिज थिए । नभएका चिज छन भन्ने नै चिन्ता थिएन त्यसैले दुख भएपनि गांउले जीवनमा सन्तोष थियो ।
वर्षामा पानी वढेर खोला तर्न नसकिने हुन्थे, नंया नंया ठांउमा पानीका मुल पलाउथे । धान रोपेर मकै थन्क्याउदा नथन्क्याउद जनै पूर्णीमा आउथ्यो । लट्टाइमा धागो वात्ने, जनै वाट्ने श्रृंखला शुरु हुन्थ्यो । घुर्रा घिर्याउदा आनन्द आउथ्यो । बा दाइहरु जनै वाट्थे हामी घुर्रा घुमाएको रमाइलो हेथ्र्यौ । जनै मन्तर्नका लागि दोडा दौड हुन्थयो । दुवै हातमा भान्जा दाइ वा भिनाजुले डोरो लगाइदिएपछि वल्ल खानपिन हुन्थ्यो । जनै साटिएलान वा हराउलान भनेर मन्तर्ने ठांउमा करेला, वोडा या वट्टा वाधिन्थ्यो आफनो जनैको झुप्पामा ।
जनै पूर्णीमा सकिएको छैन रमाइलो पर्व तिज आइपुग्थ्यो । दमाइकोमा लुगा सिलाउने घुइचो शुरु भइहाल्थियो । वेलैमा लुगा नकिने सिलाउन भ्याइन्थीएन । सानो तिजसंगै दिदी वहिनी लिन जाने चटारो शुरु हुन्थ्यो । तिजको अघिल्लो दिन दिउसै वाट दर खानु नाच गान गर्नु र पहर पहर खानु क्या रमाइलो हुन्थ्यो । तिजको दिन सवेरै अर्चलेमा गएर नाच गान हेर्नु, सिठी फुक्नु र वेलुन उडाउनु वा क्या स्वर्णीम दिन थिए । जनतामावी बीचै वाट वग्ने कुलोमा खुट्टा धुन, चप्पल वगाउनु कस्तो वाला पन थियो ।
जनै पूर्णीमाले शुरु गरेको चाड पर्वको श्रृंखला दशै तिहारमा गएर टुंगिन्थ्यो । आप कटहर मात्र होइन घिरौला, काक्रा, करेला र चिचिन्डा यही सिजनमा फल्थे । ठुला झेक्रा लगाएर फलाइएका यस्ता तरकारीको स्वाद अव कंहा पाउनु । अहिले त काक्रा काक्रा जस्तो छैन करेला करेला जस्तो, सवै स्वाद हराए जस्ता ।
तिजमा गीत छैन पंचमीमा नाच छैन । गांउनु या नाच्नुको साटो कतिवेला वत्ती आउला र टीभी हेरौला भनेर वस्ने जमात वढ्यो । खाली खुट्टा कट्टी स्कुल सम्म जानु, कुलाका वाहादमा पौडिनु, सुरेली खेलेर फडीयारका रुखमा पुग्नु वा क्या दिन थिए ती ।
यो अपाधापीमा, यो लाभ हानीमा, यो देखाउनु पर्ने र जान्ने या हुने पल्टीनु पर्ने शहर र समाजमा म घरी घरी तिनै दिन संझीएको छु । जंहा अभाव थिए, दुख थिए तर त्यहा जीवन थियो । वाच्नुको सार थियो । मान्छे प्रकृतिसंग नजिक थियो । कोही फर्काइदेउ त्यो मरो वालापन…………….

अलविदा चन्द्रकान्त वा

विर्घा ६ मरेंगंदा निवासी चन्द्रकान्त पान्डेको शनिवार राती निधन भएको छ । ८४ वर्षीय चन्द्रकान्त पान्डे सक्रिय जीवन विताइरहनु भएको थियो । दिनभर सामान्य हिडडुल गरेका पान्डेको एक्कासी राती ८ वजेतिर निधन भएको हो । उंहाका श्रीमती २ जना छोरा, श्रीमती, नाती नातीना लगायत हुनुहुन्छ ।
विहानै नुहाउने र पुजा पाठपछि लठ्ठी टेकेर टोल छिमेक घुम्नै उंहाको दैनिकी थियो । उंहाको निधन पछि मरेगंदाले एउटा सक्रिय अभिभावक गुमाएको छ । मृतकको आइतवार विहान स्थानीय अरुवा घाटमा अन्तिम सस्कार सम्पन्न भएको छ । देखेको कुरा प्रष्ट वोल्ने चन्द्रकान्त वाको आत्माको चिर शान्तिको कामना ।

(अरुवा मलाम जादाको फाइल तस्विर )

विन्दास वसन्त दाई

मान्छे सानो छदा अभिभावकका सपना देख्छ, उमेर पुगे पछि आफ्नै र उमेर पाकेपछि सन्तानका । खहरे वसन्त दाइका हकमा यी कुरा पुरा पुर लागु हुन्छन । शहरका सपना थिए, विदेशका अनुभव थिए । छातिमा दम थियो सहयोग गर्ने हितैसीहरु थिए । तैपनि उनका लागि गांउ नै प्यारो भयो ।
केही हप्ता अगाडी उनको पसन्दीदो वाइकको यात्रु भएर लामो यात्रा गर्ने मौका पाउदा वसन्त दाईले भने “भाइ विदेश तिरै रमायो म पनि कत्ति विदेश जानु भनेर घर फर्किए । मलाई राजनीतिसंग खासै लेना देना छैन । वस गांउमा वस्छु जानेको सिकाउछु ।”
सानै देखि अवसर पाएका र घांस दाउराको सिमित घेरावाट पर पुगेका वसन्त दाईले पाल्पाको जनता मावी हुदै विद्यालय शिक्षा पुरा गरे । उच्च शिक्षा काठमाण्डौवाट सकेपछि केही समय विदेशको अनुभव वटुले । पुन स्वदेश फर्के र राजधानीमै व्यवसाय शुरु गरे । यी तमाम उकाली ओराली पछि एक दिन उनले निश्चय लिए अव गांउ फर्किन्छु जानेको गांउमै गर्छु, वर्षौको जागिरे जीवनपछि अवकास पाएका माता पिताको सेवा गर्छु ।
उनी गांउ फर्किए । जमावीमा जानेको सेवा गर्न शुरु गरे रात भनेनन, दिन भनेनन, उनलाई झरीले रोकेन, हावाले छेकेन । नंया अवधारणा ल्याए । ठुलो भवन छ यसैमा होस्टेल चलाउने र विद्यार्थीलाई परिक्षा केन्द्रीत पढाउने । केहीले विरोध गरे ! पैसा कमाउने मेसो भन्ने आरोप लगाए । कतिले भने नसक्नेको ढाड सेक्ने भए । आखिर उनका कुरामा सवै शिक्षक विद्यार्थी सहमत भए । भारत सरकारको सहयोगमा वनेको भवन काम आयो । विद्यार्थीले रात दिन मेहनत गरे शिक्षकले सघाए । आज आएर पहिलो प्रयासमै गांउको मही र ढिडो खाएर हुर्केका केटाकेटीले विशिष्ट श्रेणीमा पास गरे । पहिलो प्रयोस भएकाले थोरै कमजोरी भयो । ७९ प्रतिशत ल्याएर कति पय विद्यार्थी विशिष्ट श्रेणी ल्याउन सकेनन । फोनमा थकथकाउदै थिए वसन्त दाई । यसरी विशिष्ट श्रेणी ल्याउनेमा वसन्तदाईकी छोरी पनि थिइन ।
केटा केटीको पढाइको वहाना देखाउदै शहर वस्नेहरुकालागि वसन्त दाई दह्रो जवाफ वनेका छन यतिवेला । राजनीतिको चस्मा लगाउनेहरुकालागि होस्टेल चलाउदा पनि जम्मा २८ जना पास् भए भन्न मिलेको छ । यद्यपि यी वसन्त दाई गांउले केटा केटीको आशा वनेका छन । उनी शिक्षक मात्रै होइनन गांउलेका सवै थोक वनेका छन । ज्वरो आउदां सिटामोल पुर्याउने देखि पखाला लाग्दा एमजिटसम्म पछि नपर्ने विन्दास वसन्त दाईलाई लाख सलाम ।

यस्तै छ मेरा चलनः वसन्त दाई र उनको प्रिय वाइक ।

झाडाले सतायोः झाडा पखालाले ग्रस्त वनेपछि तिनै वसन्तदाईले ल्याइदिएको एमजिट खादै दर्लामी सेना साथमा लुंछेली छविलाल दाई ।

विकास भन्नु वाटो

मिर्मी हुइकिने जीपमा तलै सिटमा हत्तपति वस्न पाइदैन । वृद्ध, महिला या अशक्त वाहेकले छतकै यात्रा रोज्नुपर्छ । “जति पनि भा’छ मज मटरा जान पाइया’छ ।” भन्ने वुढावुढीको भनाइले सवारी साधनको महत्व झल्काउछ । वर्खामा हिलो र हिंउदमा धुलो त यी वाटाका पर्याय नै हुन । यि तिनै साधनहुन जसले गांउलेलाई मटीतेलका जर्किन र चावलका वोरावाट मुक्ति दिएका छन । विगतमा जर्किन वोकेर तेलका लागि गल्यागं वा पाल्पा तानसेन पुग्नेहरु अहिले छतैको किन नहोस जिपको यात्रामा छन । विकास भनेको त वाटो पो रहेछ । भन्ने कुरा गांउलले विस्तारै वुझेका छन । माध्यमिक तहसम्मको पढाइमा कितावमा मात्रै मोटर देखेका हम्रालागि अहिलेका स्थानीय केटा केटी ठूला चूनौति हुन जस्ले जन्मदै धुलो उडाएर कुद्ने जिप देखे ।
तेल या चामलका लागि जर्किन वोक्न या नाम्लले भारी वोक्न परेन । त्यसैले पनि होला विर्घा गाविसका सवै वडामा वाटो पुगेको छ । भलै मोटर पुग्न समय लाग्ने नै किन नहोस ।

कता वस्ने होलाः तल सिट नपुगेपछि छत चढ्दै नारन सर । लामो समय विभिन्न विद्यालयमा अध्यापन गरेपछि हाल नारन सरले अवकास जीवन विताउनु भएको छ ।

लौ फोटो पो आएछः वसको छतमा वसेपछि फोटो खिचेको थाहा पाएर मुस्कुराउदै नारन सर साथमा कुलानन्द पाण्डे ।

जमावीमा २८, भवानीमा १२ जना पास

विर्घा गाविसमा रहेको दुई माध्यमिक विद्यालयले मध्यम स्तरको नतिजा निकालेका छन । विर्घा अर्चलेमा रहेको जनता मावीमा २०७० को प्रवेशिकामा सहभागी भएका ७४ जना विद्यार्थी मध्ये २ जना विशिष्ठ, ९ जना प्रथम श्रेणी र १६ जना द्धितीय श्रेणी तथा १ जनाले तृतीय श्रेणीमा उतिर्ण गरेका छन । यसैगरी जमावीका १४ जना विद्यार्थी पुरकमा परेको स्थानीय शिक्षक धुर्व पाण्डेले जानकारी दिएका छन ।
यसै गरी विर्घा वैघामा रहेको भवानी मावी वाट २०७० को प्रवेशिकामा सहभागी ६५ विद्यार्थी मध्ये १२ जना उतिर्ण भएका छन ।

सुखको साक्षी र दुखको चौतारी

गांउ सुखको साक्षी र दुखको चौतारी हो । त्यसैले सवैका सुखमा सामेल हुने र दुखमा सूस्ताउने मद्दत गर्ने संस्कार गांउमा छ । साथ छ सहयोग छ उल्लास छ र आनन्द छ । त्यसैले त गांउवाट आएको जो कोहीले आफ्नो उत्तरार्ध गांउमै विताउने कल्पना गरेको हुन्छ । भलै त्यो त्यतिवेला संभव होला या नहोला ।
शहरमा अवसर छ तर आनन्द छैन, भौतिक शुख छ तर आत्मिक शुख छैन, मित्र छन तर कृतिमता छ , धपेडी छ तर उपलव्धी कम छ, शुन्दरता छ तर मौलिकता छैन । त्यैसैले त गांउको स्वाद चाखेकाहरु गांउ प्रति लालयीत भइरहन्छन । कठिनाइका बीच पनि मौलिक जीवन छ, मौलिक शुख छ ।
दीदी वहिनी, दाजु भाई, आमा वुवा, काका काकी, साथी संगी सवैको सामप्यिता र चाख गांउमा । मकै वढेर हरियालीले छपक्क छोपेको गांउमा अहिले पानी नपरेर गर्मी पनि वढेको छ । यसै मेसोमा गांउको खवर वुझन फोनमा -कसो होला विर्घाको हाल?भनेर मौला यज्ञ दाइलाई फोन गर्दा भन्नुभयो “आप पाक्न लागे आउन्नस- लिची पनि खानी वेला भयो, यो पल्ट कटहर पनि के विधी फलेका होलान ।”
तिनै आप कटहर, तिनै निर्दोश आफन्त गांउलेको याद यो व्यस्ततामा पनि घरी घरी आइरहेको छ ।

सुख दुखका कुरा गर्दै कान्छी वै र वान्द्रेडांडा दिदी ।

एक धार्मिक कार्यक्रममा सरिक गांउलेहरु पेटीमा सुस्ताउदै ।

प्रत्यक्ष परिवर्तन


परिवर्तन वाहेक सवै चिज परिवर्तनशिल छन । गएको वैशाख दोश्रो साता मैले लिएको तस्विर र केही दिन अघिमात्र दिनेश पाण्डेले लिएको यो तस्विरमा प्रत्यक्ष परिवर्तन देखिन्छ ।
यी तिनै धर्ति हुन जंहा हाम पिता पुर्खाले आफ्नो जीवन खर्चे हामी खर्चिदै छौ र हम्रा सन्ततीले पनि त्यही जीवन विताउनेछन । व्यक्ती परिवर्तन भए तर धर्तिको स्वरुप परिवर्तन हुदैन ।

“ति राजा जो अकालमै मारिए”

late_king_birendra-10 (1)
नेपालको राजपरिवारको वंश विनाश हुने गरी दरबार हत्याकाण्ड भएको १३ वर्ष पुरा भएको छ । १३ वर्ष अघि आजैका दिन स्वर्गीय राजा विरेन्द्र शाहको वंशनाश भएको थियो । २०५८ जेठ १९ शुक्रबारका दिन तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुनेगरी राजपरिवारका सदस्य सहति ११ जनाको हत्या भएको थियो ।
उत्त घटनामा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरू श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहले ज्यान गुमाएका थिए। घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए ।

राज दरबार हत्याकाण्ड भएको १३ वर्ष बितेपनि घटना अहिलेसम्म रहस्यमा नै छ । आजको दिनलाई नेपालको इतिहासको एक कहालीलाग्दो दिनका रुपमा समेत लिइन्छ जसले नेपालको इतिहासलाई अर्के मोडमा पुर्याएको छ ।
तत्कालिन राजा विरेन्द्रको निर्ममतापूर्वक हत्या गरिएको आज १३ वर्ष पूरा भएको । यी राजा त्यस्ता दयावान राजा थिए जस्ले जनताको इच्छाका अगाडी आफ्नो श्रीपेच दाउमा लगाउन तयार थिए । उनको शालिन व्यतित्व, भलादमीपना, र कुटनैतिक शुझवुझ तथा सरल परिवार नेपालीको मनमष्तीष्कमा भिजेका थिए । यी राजा आधुनिक शिक्षाले युक्त र सरलताका प्रतिमूर्ति थिए । मलाइ संझना छ यी राजाको हत्या हुदा म हिमालय टाइम्सको डेस्कमा काम गर्दथे । वेलुकाको सिफ्टमा अग्रज दाइ गोविन्द लुइटेल, ज्ञानराम श्रेष्ठ, वासुदेव खनाल सम्पादक कुमार सापकोटा र म थियौ अफिसमा ।

वेलुका पौने दशवजेको हुदो हो कान्तिपुर वाट फोन आयो । तत्कालिन सम्पादक युवराज ज्ञवालीको टिमवाट त्यो फोन आएको थियो । अविस्वसनीय राजदरवार हत्यकान्डको खवरपछि आएको एक्र फोनले हामी सवैको स्वास रोकिएको थियो । त्यतिवेला जम्मा दुइवटा मारुति रहेको हाम्रो अफिसमा एउटा मारुति प्रकाशक उज्जवल सरकोमा थियो भने एउटा मात्र भएको मारुति भ्यान चढेर हामी सत्यता पहिल्याउन दरवारतिर जाने निधो गरेर मैतिदेवी तिर लाग्यौ ।

सिधावाटो जानु उपयुक्त नहुने देखेर हामी त्यता लागेका थियौ । घटनाको पुष्टी नभएपनि अशुभ हललाले प्रहरीले हामीलाइ अगाडी वढ्न दिएन । राति नै हामी अफिस फर्कियौ । खवर छाप्ने आंट आएन । पुष्टी गर्ने श्रोत पनि पाइएन । यसै अलमलमा म आफ्नो जिम्मामा रहेका पेज सकेर कोठामा फर्किए । न्र्रिा के लाग्थ्यो रात त्यत्तिकै वित्यो । विहान सवेरै टोलमा कल्यागं वल्यागं सुनियो । मान्छेहरु सडक सडकमा निस्कएका थिए । के गर्ने कसो गरेने , भएको के हो यस वारेमा पनि असमन्जस थियो । विहानै हामी दरवार मार्ग तिर सोझियौ मान्छेको भिड, अनेकथरी आशंका थिए । नेपालको आकाशमा कालो वादल मडारीदै थियो । दरवार मार्गमा मलिन अनुहारको मेला लागेको थियो । खवरविहिन अपसकुनले मानिसको भोक र बथकान नामेट भएको थियो । त्यत्तिकैमा अपरान्ह ३ वजेवाट कर्फ्यु घोषणा भयो अनि वल्ल हामी घर फर्कियौ ।

त्यसपछिका घटना त नेपालीहरुबीच घाम जस्तै छर्लगं छन । के गर्ने ती भद्र राजाको देहावसान भएको यो १२ स्मृति दिवसमा मेरो संकलनमा रहेका इतिहासका तिनै प्रिय राजा उनको शालिनता र भद्रताले भरिएका परिवारका तस्वीरहरु हेर्दै गर्दा मेरो आंखामा वादल लाएजस्तो भएको छ । दृष्य धमिलो देखिएको छ । उदार र प्रजातन्त्र प्रेमी राजा वीरेन्द्रको बंश विनाश भएको दिनलाई नेपाली इतिहासमा कालो दिनका रुपमा लिइने गरिन्छ। अहिलेसम्म पनि दरवार हत्याकाकाण्ड रहस्यको गर्भमै छ। उदारवादी राजा वीरेन्द्रको बंश विनाश भएको घटना समयसँगै विस्तारै ओझेलमा पर्दै गएको छ।

ललितपुरको जावलाखेलमा रहेको वीरेन्द्रको शालिकमा माल्यार्पण गरी आज सिमित व्यक्तिहरुले मात्र राजा वीरेन्द्रलाई सम्झेका छन्। मुलुक राजतन्त्रबाट लोकतन्त्र हुँदै संघीय गणतन्त्रतर्फ उन्मुख भएकोले पनि बदलिँदो परिस्थितीमा राजा वीरेन्द्रको सम्झनामा कमी आएको विश्लेषण गरिएको छ। तर, पनि लोकतन्त्र र प्रजातन्त्रप्रति राजा वीरेन्द्रले देखाएको उदारता नेपाली इतिहासमा भुल्न भने नसकिने विश्लेषकहरुको भनाई छ।

हिमालय टाइम्स छदाका र अघि पछि विभिन्न माध्यमवाट शंकलन गरिएका विरेन्द्रका तस्विरहरु हेर्दै गर्दा फुत्कीएका यी समवेदनाका शव्दहरु तिनै राजालाइ जो अकालमै मारिएका थिए ।

व्यवसायीक वाख्रा पालनमा दिपक दाइ

उनका अगाडी थुप्रै विकल्प थिए । चल्तीको ब्यापार काठमाण्डौमा फस्टाउदै थियो । स्वदेश छाडी विदेश समेत पुगेर आर्थिक उपार्जनका अनेक श्रोतहरु थिए । तैपनि उनी पुख्यौली घर फर्के । नामले मात्र नभए धेरै वर्ष स्याहार सुसार नपाएर थोत्रीन लागेका थोत्रावारीका घर गोठलाइ रिपेयर गरे ।
पुराना भत्काए, नया वनाए, ठिक्कका मर्मत गरे । यसरी शुरु गरे विर्घा ३ थोत्रावारीका दिपक पान्डेले गांउमा व्वसायीक वाख्रा पालन । आमाले विहानको पुजा पाठका लागि देउताका भाडा वर्तन सफा पार्दै गर्दा दिपकदाई टारी गैरावाट वाख्राको रुची अनुसारको घासको भारी ल्याइपुर्याउछन । घासको भारी विसाएपछि वाक्लो महीको गिलास ओठमाथि ताउ लगाउदै सुर्क्याउछन उनी ।
शहर पसेको छोरो घर फिरेपछि वा आमा पनि कम्ती खुशी छैनन । “वाउ वाजेको थात थलाले गुहार पाएको छ, गांउमा पनि केही गर्न सकिन्छ भन्ने उत्साह थपिएको छ”, छोराको कर्मवाट प्रफुल्लीत दिपक दाइका बा ले भन्नुभयो “गांउमै अवसर छ किन शहरको मात्र मुख ताक्नु पर्यो” ।
हाल लोकल वाख्रा करिव ५० को संख्यामा छन दिपक दाइको फर्ममा । लोकल खसी, वोका छुट्टै खोर वनाएर राखेका छन उनले । अवको उनको योजना छ दशै तिहार र चाडपर्वमा मात्र मासुको स्वाद चाख्ने गांउलेलाई” म पन्ध्र दिनमा एक पल्ट भएपनि मासु ख्वाउने अभियानममा छु” उनले भने “त्यसकालागि मासु काट्न जान्ने एक जनालाई रोजगारी दिनु पर्ला” ।
IMG_0766
राम्रो छ है संभावना: दिपकदाइको वाख्रा फारम अवलोकन गर्दै शिव पान्डे ।
IMG_0770
वढ्दैछन वाख्रा: हुर्कदै गरेका वाख्रा हेर्दै दिपक दाइ ।
IMG_0778
घोर्ले खसी: छुट्टै गोठमा राखिएका खसी ।
IMG_0775
वाख्रा फर्म अगाडी दिपक दाइ र उनको वाख्रा फर्म ।

“हिंउदको मानु मागी मागी खानु”

“हिंउदको मानु मागी मागी खानु” भन्ने उखान स्यागंजा तिर खुवै प्रचलित छ । हिंउदमा जग्गे जात्रा धेरै हुने र खानपिन घरवाहिरै ज्यादा हुने भएकाले होला यस्तो उखान प्रचलित वनेको ।
स्यागंजाको विर्घा ऐतिहासिक र लामो सास्कृतिक परम्परा वोकेको गांउ हो । यंहाका आफ्नै मौलिक परम्परा र संस्कृति रहेका छन । यंहा अनेक सास्कृतिक तथा वैदिक पुजा आचा निरन्तर रुपमा हुदै आएका छन । जन्म देखि मृत्यु सम्मका यंहाका संस्कारमा भोज भतेर लाग्नु त स्वाभाविक नै छ । विहेको जन्तीमा मासु खाने देखि सुद्धकर्ममा गोलभेडा प्याज, लसुन विनाको भोजन लुगा खालेर खाने सम्मका प्रचलन जिवन्त रुपमा यंहा रहेका छन । यस्ता जग्गे जात्रामा भात पकाउने छुट्टै मानिसहरु छन र उनीहरु लुगा खालेर विहानैदेखि भान्सा तयार गर्दछन । यसरी खाना पकाउन वोलाउदा तत् व्यक्तिहरुले गर्व महशुस गरेको पनि पाइन्छ ।
जन्ति खादा जुता चप्पलै लगाएर भतेरमा जानेहरु व्रतवन्ध, एकाहा, चौरासी पुजा, रुद्री वा १२ औ दिनको चोखिनेमा सुद्ध भएर जाने र लुगा खालेर दाल भात खाने चलन अद्यपि छ । यो सस्कृति रमाइलो पनि छ र जिवन्त पनि ।
मेरो पछिल्लो विर्घा भ्रमणमा केही यस्ता अवसर जुटे । विर्घामा घर भएपनि भान्सा नभएपछि म थोरै अप्ठेरोमा थिए । एक्लो ज्यानलाई यिनै जग्गेजात्राले ज्यादा जसो राहत दिए । मदनको जन्ते खाने देखि लुंछेली भाइहरुको व्रतवन्धमा सहभागी हुदा मैले फेला पारेका रमाइला तस्विरहरु ।
IMG_0510
वाहुन भान्साः वाहुनको भान्सामा निम्तालु स्थानीय मगर मित्रहरु रनसिं राना, शेरवहादुर सर, दल वहादुर र छन वहादुर राना ।
IMG_0513
पाल मुनी पकवान्नः चर्को घामवाट वच्न लगाइएको पालममुनीको भान्सा ।
IMG_0649
व्रतवन्धको भान्साः लुंछेली भाइहरुको व्रतवन्धको भान्सामा लुगा खालेर खादै चुरा दाइ, पदम, खराल पुरन, गुरुदत्त लगायत म ।
IMG_0646
व्रतवन्ध नभएकाहरुः व्रतवन्ध नभएका र भएपनि लुगा खोल्न अल्छि गर्नेहरु यसरी भान्सामा वसेर खाने चलन रहेको छ ।