वाढीको वियोगपछि दशैले सिनित्तै छोपीसक्दा काठमाण्डु विगतमा भन्दा शान्त छ । राजधानी वाहिरिनेहरू वर्षेनी घट्दै छन । सडकहरु कहाली लाग्दा छन विमानमा टिकट पाउन वा त्यसको लागत व्यहोर्न कठीन छ । यतिवेला दशैले छोपीसक्ने म भने वर्षो पछि विगतमा अर्थात ब्लगमा फर्कीएको छु ।
मलाइ मेरो विगतमा फर्काउन कहिल्यै पुराना नहुने स्वर्णीम स्मृर्तिहरु काफी छन । यतिवेला मलाई दशैले भन्दा पनि विद्धार्थी जीवनले छोपेको छ । भनिन्छ समयले विषयको रुप रंग र स्वभावमा वदलाव ल्याउछ । तर समय वित्दै जांदा स्मृर्तीहरु भने अझै गाढा भएर जांदा रहेछन ।
मेरो स्मृर्तिमा कहिल्यै नमेटीने त्यस्तै संझनाहरु लिएर वसेका छन कीर्तिपुरका सांझहरुले । विद्यार्थी जीवन सबैकालागि कठिन तर रमाइलो हुन्छ नै । यद्यपी ती स्मृतीहरु वांकि जीवनलाइ पुग्ने प्रेरणा र उर्जाका श्रोतका रुपमा रहन्छन ।
स्नातक सकेर उच्च शीक्षाकालागि कीर्तीपुर पाइला टेक्ने हर कोहीले अवश्य जीतिने विजयी युद्ध लडेको अनुभूति लिन्छ । त्यस्तै ठान्दै झन्डै दुई दशक पहिले म पनि छिरेको थीए कीर्तिपुर । कीर्तीपुर छिर्नुमा मलाई आधार दिने साथी थियो “पण्डित” उर्फ शुन्दर न्यौपाने ।
वोलीचालीको “पण्डित” मात्र नभएर उ साच्चीकै पण्डित थियो । पूजा पाठ जप ध्यान उसका आज पर्यन्तका नित्य धर्म र कर्म हुन । नेपाल बैक लिमिटेडको तयारी कक्षा गर्दा जंलमा जाने होस या विहान विहानैको गीता पाठ । विवाहपर्व वैवाहिक दोष मेटाउन आंकको खोजीमा दक्षीणकालीको जंगल चाहार्दा होस या ज्ञानको खोजीमा पशूपती वनकालीमा नागा वावको खोजीमा होस पण्डित म संग हमेशा साथमा हुन्थ्यो ।
आजका दिनमा पनि मलाई मुखभरीको गाली गर्न सक्ने पण्डित मात्र एक्लो साथी हो । गालीमा वजन नपुगे जस्तो लागे सांझको खानपान पछि होस या विहानका जप तप र पाठ पछि मलाई वाटो विराउला है भन्ने मित्र हो पण्डित । गाली मात्र होईन मेरो महिनको दुई पल्ट लाग्ने र १५/१५ दिनको समय लिने रुघासंग परिचित पण्डितले अझैपनि चितवनको रुधीलाको मह पठाउन विर्सिदैन । हरेक पल्ट काठमाण्डौ आउदा राम्रा किताव कुन छन लिष्ट पठाउ भन्न छोड्दैन ।
म खासमा कीर्तिपुर पण्डितको पाहुना वनेर भित्रीएको थीए । गीता पाठ गर्ने र सकेसम्म आचरणमा वस्ने मेरो वानी देखेर पण्डितले दिलै देखी मलाइ रुम पार्टनरको रुपमा स्विकारेको थियो । म आफ्नै वलवुताले होस्टेलमा नाम निकालेर कीर्तीपुर छिरेको भने थिइन । पण्डितको विशेष कृपा थीयो मेरा प्रति ।
कीर्तीपुर पुगेपछि भने मित्रहरूको “रुवरु”मा केही कमी आएन । आज पर्यन्त उत्तीकै स्नेह गर्ने अश्वीन; हरि दाई; गुड्डु ; निर्मल; विमल दाई; सुजन; छोटा राजनसंगका सन्ध्या कालिन सांझहरु शुरु भए । ति सांझमा अभाव अवस्य थीए; तर संभावनाहरू ति भन्दा दोब्वर थीए । त्यसैले कुनै अभावग्रस्त सांझले पिर दिएनन वरू शिक्षा दिए संझना दिए र हरेक मुस्कीलमा उभिने आंट दिए ।
यत्तिकैमा अकश्मात हुरी जसरी भित्रीएको विर्जेश हावा जसरी विलायो । उ जति होस्टेलमा वस्यो हावा आफू जस्तै चलायो ।
विक्री भण्डारका सिसाका चिया खाने गीलाश खल्तीमा हाल्न होस वा गांजाका हरीया पात नै सुल्फामा भर्न होस । जहिल्यै पानीको अभाव हुने होस्टेलको ट्याकंकी वाट वाल्टीका वाल्टी पानी भर्न होस वा छिमेकी रुम मेटको महंगो स्याम्फूले नुहाउन । विर्जेशबाट सिकेका थिए केटाहरुले ।
कीर्तीपुरका सांझहरू रमाइला थीए । किनभने सांझमा कक्षाहरु थीएनन । सडकमा टहल्नु नंया वजार पुगेर रामे दाईकोवाट उधारोमा सामान ल्याउनु सांझमै हुन्थ्यो । सामानको विवरण कापीमा लेखाउदै गर्दा किन्नेको वोली फुट्ने र रामेदाईको मन पग्लिने भएमा गोरखापत्रमा पोको पारेर केटाहरुले “म्याक डोनाल्ड”वा “रोयल स्टेग”को क्वार्टर सम्म काला प्लाष्टीकमा घुसार्थे । खल्ती गरुंगो हुनेले वट्टा नसक्नेले गन्तीमा सूर्यका खिल्ली त्यस्सै वेला चप्काउथे । एक्ला एक्लै भेट्न वा नजिकीन चाहनेका लागि सांझको गोधुलीले पर्दाको काम गर्दथ्यो । तव पो सांझ सांझ थियो कीर्तिपुर;कीर्तीपुर थियो र साथीहरू मन पेट र ज्यानै दिउ जस्ता थिए ।
कीर्तीपुरमा टीयू थीयो र त आन्दोलन थियो । ईश्वरी छात्रावास थीयो र त तीजका दर थीए । हरीदाई थीए र त दोहोरी गीत वा ‘कपलु कोरेर” को भाका थियो । उत्तम थियो र दांड्गवाट चामल र आलु आउथ्यो । सुजन अधिकारी थीए र त अनुशासन थियो । पण्डित थियो र त होस्टेलमा मेरो अभिभावकत्व र अपनत्व थियो । हरेक हिउदका लागि वाक्ला कम्वल थिएनन त के भो कहिल्यै विल तिर्न नपर्ने विजुली र माटे हिटर थिए ।
समयले कोल्टो फेरेको छ । हिजो केटाकेटी जस्ता मित्रहरू सबैका आआफ्नै केटाकेटी हुर्कीदै गएका छन । जिम्मेवारी समय र भुगोल फेरीएको छ तर फेरीएका छैनन स्वर्णीम संझनाहरु ।
हप्ता विराएर पण्डीतले फोन गर्छ । मनमा लागेजति भन्छ । त्यो भनाईमा अपनत्नव छ मित्रता छ र छ मित्रलाई ठेस नलागोस भन्ने भावना ।
अश्वीनले वेला वेला संझीन्छ । परदेशी भएको र हरेक चाडपर्वमा आउन नपाएकोमा मिस गर्छ । आउदा भर कीर्तीपुर जान र विगतप्रती नोष्टाल्जीक हुन मन पराउछ । गएको हिंउदमा अश्वीन र म किर्तीपुर गयौ हामी वसेका कोठा चोटा चहार्यो र धेरै थोक मिस गर्यौ ।
हरी दाई वुटवल तिरै रमाउदै छन । छुट्टै उर्जा छ हरिदाईमा । सबै मित्रहरु आ आफ्नै दुनियाम छन । कोही रमाउदै छन कोही अझै संघर्ष गर्दै छन । यद्धपी संझनामा हरेक छन। स्मिृर्तीमा झम्के सांझहरू छन । अकस्मात सिंहदरवारको पास खोज्दै गरेका भिम दाई भेटीए । स्यांगजाको पाण्डेजी होइन र भने । वर्षौ पछि भेटेर पनि नविर्सने भिम श्रिश्र दाई; हाम्रो जस्तै स्मृर्ति वोकेका विपीन आचार्य छन र त सिंहदरवारको राप र तापमा पनि घरी घरी कीर्तीपुरका संझनाहरूले चिहाइरहन्छन ।
धेरै संझनाका बीच थोरै शब्दहरु सहित मेरो स्मृर्तीमा वरोवर आईरहने तमाम मित्रहरु र सबैमा वडा दशैको ह्रदय भरीको शुभकामना ।